© २०२३
सुर्खेत,१८ कात्तिक। गएराती जाजारकोट केन्द्रविन्दु भएर गएको भुकम्पमा परी घाइते भएका व्यक्तिहरुको उपचारमा रगत अभाव हुन नदिन भन्दै सुर्खेतमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा अन्य ब्यवसायीक तथा सामाजिक संघसंस्थाहरुको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
त्यसैगरी उद्योग वाणिज्य संघको अगुवाईमा राहत वितरणका लागि सहयोग संकलनका कार्यहरु भइरहेको संघले जानकारी दिएको छ । गएराती जाजरकोट केन्द्रविन्दु भएर आएको भुकम्पमा परि ठुलो जनधनको क्षति भएको छ भने सयौको संख्यामा घाइते भएका छन् ।
जाजरकोटमा घाइतेहरुको उद्धार कार्यमा सुरक्षा निकायका टोलीहरु पुगि उद्दार कार्य भइरहेको छ भने स्वास्थ्यकर्मीहरुको टोली पुगेर उपचारमा जुटेका छन् । घाइतेहरुको उद्धार र राहतमा कमी हुन नदिन सबै सरोकारवालाहरु लाग्नको लागि कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आग्रह गरेका छन् ।