© २०२३
बुटवल,१८ कात्तिक । सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन तथा म्यासेज ५ दिनका लागि निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको छ। नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै जाजरकोट र रुकुम पश्चिमका नेपाल टेलिकमका ग्राहकलाई सूचना आदान प्रदानमा सहज होस् भनेर फोन र म्यासेज गर्दा लाग्ने शुल्क ५ दिनसम्म निशुल्क गरिएको जानकारी गराएका छन् ।