© २०२३
लमही, १७ कात्तिक ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले ज्योतिष विज्ञानले तथ्य र प्रमाणलाई पुष्टि गरे समाजमा सकारात्मक प्रभाव पर्ने बताएका छन् । दाङ घोराहीका आयोजित नेपाल ज्योतिष परिषद्को १८ औ राष्ट्रिय ज्योतिष तथा अध्यात्म सम्मेलन २०८० को समापन गर्दै उनले यस्तो बताएका हुन् । अर्थमन्त्री मास्कीले ज्योतिष शास्त्र गणितको उत्पत्तिको श्रोत भएको उल्लेख गर्दै ज्योतिषले भनेका कुरा प्रमाणित भए ज्योतिष शास्त्र प्रतिको विश्वसनियता समाजमा बढ्दै जाने उल्लेख गरे ।
ज्योतिष शास्त्रले पुजापाठ भन्दा सत्य तथ्य र प्रमाणित कारण खोजेर समस्या समाधानको बाटो तर्फ अघि बढ्नु पर्ने सुझाव दिदै अन्यथा काल्पनिक कुरामा जोड थालियो भने त्यसले समाजमा डर, त्रास, मात्रै फैलाउने प्रतिकृया दिए । समाजलाई सही दिशामा हिडाउने काम ज्योतिषहरुको पनि रहेको उल्लेख गर्दै मन्त्री मास्कीले यो पेशालाई मर्यादित बनाउन आबश्यक रहेको धारण व्यक्त गरे ।
मास्कीले मानव जीवनमा हुन सक्ने घटनाको व्याख्या विश्लेषण ज्योतिष शास्त्रले गर्ने प्रतिकृया दिदै किताब हेरेको भरमा यो कार्य सम्भव नहुने तर्क गरे । सकारले ज्योतिष शास्त्रलाई मर्यादिप बनाउने कुरामा जोड दिएको बताउँदै प्रदेश सरकारले आवश्यक परे संस्थालाई सहयोग गर्न तयार रहेको बताए । ज्योतिषका सेवाहरु वैधानिक तरिकाले चल्नु पर्नेमा जोड दिदै सम्बन्धित निकायमा दर्ता गरेर सञ्चालन गर्न आग्रह गरेका छन् ।
सबै धर्म, संस्कृतिको संरक्षण सरकारले गर्दै आएको भन्दै जोतिष शास्त्र र पूर्वीय दर्शनको अध्ययन दाङ भएको उल्लेख गर्दै नेपाल संस्कृति विश्वविद्यालयलाई अध्ययनको केन्द्र बनाउनु पर्ने आवश्यकता भएको बताए । मास्कीले पूर्वीय दर्शनले मानव समाज रहेका नकारात्मक सन्देशको अन्त्य गर्दै ज्योतिष विज्ञानले मानव समुदायमा चेतना प्रवाह गर्नुुपर्नेमा प्रतिकृया दिए । सम्मेलनमा देशभरबाट करिव ८ सय जना प्रतिनिधि सहभागी भएका थिए ।