ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

मेचि—महाकाली साईकलयात्री पाचौ दिन बुटवलमा

१६ कार्तिक २०८०, बिहीबार
१६ कार्तिक २०८०, बिहीबार

बुटवल, १७ कार्तिक। साईकल कल्चर विकाससंगै स्वस्थ्य र पर्यटन जोड्ने उदेश्यका साथ मेचि—महाकाली साईकल यात्रामा हिडेका साइकल यात्री विहिबार पाचौ दिन बुटवल आईपुगेका छन । कार्तिक ११ गते मेचि पुलबाट शुरु भएको साईकल यात्रा शुरु भएको हो । साईकल कल्चरलाई प्रोत्साहनसंगै स्वस्थ्य, पर्यटनलाई साइक्लिङसंग जोड्ने अभियानका रुपमा यात्रा थालेको यात्रा टोलीका अगुवा तथा हिमालयन राइडर्स सोसाइटीका संस्थापक अध्यक्ष ६५ वर्षिय चेतनाथ आचार्यले बताए ।

नेपाल सरकारले पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ भ्रमण वर्ष मनाउदा भिजिट नेपाल ९८ मा मेचि—महाकाली यात्रा गरेका ६४ वर्षका लक्ष्मी चरण श्रेष्ठ र ५० वर्षका भानुभक्त आचार्य पनि दोस्रो पटक यात्रामा छन । बिसं २०५४ सालमा मेचिमहाकाली गर्दा सामान्य साईकलमा हिड्दाको जोस उनिहरु सम्झन्छन । पत्रकार भानु आफु फोनेक्स साईकलमा पहिलो यात्रा १६ दिनमा सकेको बताए । ‘त्यो समयमा हामी ११ जना थियौ ।’—उनले भने । साईकल यात्राको उदेश्य स्वस्थ्य, पर्यटनमात्र नभई पछिल्लोसमय देशमा देखिएको युवाहरु विदेश जाने अवस्थालाई कसरी रोक्ने भन्ने विषय आम नागरिकसम्म उठाउने समेत भएको उनी बताउछन । ३० बर्ष लामो पत्रकारिता गरेका तथा मकवानपुर पत्रकार महासंघका पुर्वअध्यक्ष समेत रहेका भानुभक्त आचार्य देशको अवस्थाप्रति चिन्तित छन । ‘हामीहरु एउटा सन्देश दिने गरि आफनै खर्चमा हिडेका छौ ।’—उनले भने ।

यात्रामा एक जना महिलासमेत छिन । पछिल्लो एक वर्षदेखि साईकल चलाउदै आएकी हेटौडाकी ३६ वर्षिय सीता श्रेष्ठ आफनो फोटो स्टुडियोको काम थाति रखेर साईकल यात्रामा निस्केकी छिन । ‘निक्कै रमाईलो भएको छ ।’—उनले प्रतिक्रिया दिईन । दाउन्ने देखि बुटवलको सडक खण्डमा बाटोकै कारण धेरै कठिन भएको उनले बताइन । पुर्वाधार विकासमा सरकारको ध्यान जानुपर्ने उनले सुझाव दिईन । ‘पर्यटक आउने सडक नै राम्रो नहुदा कसरी पर्यटन प्रवद्र्धन हुन्छ ?’—उनले प्रतिप्रश्न गरिन ।

साईकल यात्रामा मकवानपुरको ११ जना र बुटवलको २ जनासहित १३ जना सदस्यहरु छन । पहिलो दिन एक सय किलोमिटर दुरी पार गरि ईटहरीमा बस बसेका थिए । दोस्रो दिन सय किलोमिटर दुरी पार गर्दै लाहान, तेस्रो दिन थप एक सय किलोमिटर दुरीमा बागमतीको करमहिया र चौथो दिन हेटौडा बसेका थिए । कावासोटीबाट बिहान हिडेको टोली विहिबार बुटवल आएका हुन । बुटवलमा वरिष्ठ पत्रकार महेन्द्र थापा, साईकलप्रेमी राजु तिवारी, अभिषेक भारीसहित ब्यवसायीक संस्थाहरुले राजमार्ग चौराहामा स्वागत गरेका छन ।

एक दिनमा २ सय ११ किलोमिटरको रेकर्ड

कार्तिक ११ गते शुरु भएको साइकलयात्रामा सहभागीमध्ये हेटौडाका ३८ वर्षिय लेखनाथ ढकाल पेशाले ईलेक्ट्रिकल ईन्जिनियरिङ हुन । शिभम सिमेन्टमा कार्यरत उनि विगत आठ वर्षदेखि दम (स्वासप्रश्वास) सम्बन्धि रोगबाट पिडित थिए । स्वास फेर्न गाह्रो हुने, स्वास घ्यारघ्यार हुने, कफ बस्ने लगायतका समस्या भएपछि उनि निरन्तर औषधी लिन थाले । संगै उनको मधुमेहको समस्या देखियो । ‘परिक्षण गर्दा सुगर लेभल ३९४ थियो ।’—उनले भने ।

पछिल्लोसमय साथीहरुसंगै नियमित साईक्लिङ गर्न लागेसंगै उनको शारीरिक समस्याहरु हट्दै गयो । उनि अहिले स्वस्थ्य छन । आफनो दैनिकीमा साइकललाई जोडेका छन । बिहानी समयका साथै कार्यालय आउजाउ समेत साइकलमा गर्छन । उनै ढकालले यात्राको क्रममा लाहान देखि हेटौडा, हटियासम्मको २ सय ११ किलोमिटर राइड एकै दिनसमा गरेर नया रेर्कड कायम गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?