Butwal Today

मलामी गएका नारायणी नदीमा बेपत्ता

१६ कार्तिक २०८०, बिहीबार
अ+
अ-

नवलपुर, १६ कात्तिक  ।

पौडी खेल्ने क्रममा नवलपरासी पूर्वका एक ब्यक्ति बेपत्ता भएका छन ।

बिहीबार दिउँसो १ बजेकनो समयमा कावासोती नगरपालिका वडा नं १३ भोसरघाट स्थित नारायणी नदीमा मलामी गएका सोही नगरपालिका ७ बस्ने बर्ष ४० को खेम नारायण महतो पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

बेपत्ता महत्तोको खोजी भैरहेको, हाल सम्म फेला नपरेको प्रहरीले जनाएको छ ।