ट्रेंडिंग:

>> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट

ज्योतिष विद्याको वैज्ञानिक अध्ययन र प्रचार जरुरीः संचारमन्त्री शर्मा

१६ कार्तिक २०८०, बिहीबार
१६ कार्तिक २०८०, बिहीबार

दाङ, १६ कात्तिक ।

संचार तथा सूचना तथा प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले नेपालमा धार्मिक सद्भाव कायम राख्न हिन्दु समुदायको विशेष भूमिका रहेको बताएकी छन् ।

नेपाल ज्योतिष परिषद्को १८ औँ राष्ट्रिय ज्योतिष सम्मेलन तथा अध्यात्म सम्मेलनको उदघाटन समारोहलाई बिहीबार घोराहीमा सम्बोधन गर्दै मन्त्री शर्माले नेपाल धर्मनिरपेक्ष राष्ट्र भएपनि बहुसंख्यक हिन्दु समुदाय तथा सनातनीको प्रतिनिधित्व भएकाले देशमा धार्मिक सदभाव कायम राख्न विगतदेखि निर्वाह गर्दै आएको भूमिकालाई अझ बढाउन आवश्यक रहेको बताइन् ।

‘नेपालमा धार्मिक सदभाव कायम गर्नका निमित्त हिन्दु समुदायले, सनातनी समुदायले विगतदेखि नै महत्वपूर्ण भूमिका खेल्दै आएको छ । अहिलेको परिवेशमा पनि धार्मिक सदभाव खल्बलिन नदिन र धार्मिक सदभाव कायम गर्न हामी सबैले महत्वपूर्ण भुमिका निर्वाह गर्न जरुरी छ, यसमा अझ धेरै भूमिका हिन्दु समुदायको, सनातनी समुदायको छ जस्तो मलाई लाग्छ’, उनले भनिन् ।

उनले भनिन् ‘पूर्वीय दर्शन अध्ययनको केन्द्रविन्दु दाङ बन्न सक्छ भन्ने मलाई लाग्छ, यस क्षेत्रका विज्ञ र जानकार दाङ आउनुभएको छ, यसको बारेमा यहाँहरुले सोच्नु हुनेछ, बुझ्नु हुनेछ’ उनले भनिन्, ‘ अध्ययन र अनुसन्धानले दाङसहित नेपाललाई कसरी विकास गर्न सक्छौँ भन्ने बारेमा योजना बनाउने आशा राखेको छु ।’

पूर्वजहरुले आर्जेको देश आफैमा सनातनी धर्मको जगमा उभिएको बताउँदै मन्त्री शर्माले यो क्षेत्रमा थुप्रै धार्मिक धरोहर र अध्ययनको केन्द्र रहेको औँल्याउँदै यसको संरक्षण र सम्वद्र्धनमा जुट्नुपर्ने बेला आएको बताइन् । यो क्षेत्रमा सबै थोक छ, स्वर्गद्वारीको काखमा रहेको दाङमा पाण्डवेश्वर, अम्बिकेश्वरी, बाह्रकुने, गोरक्ष पात्रदेवता लगायत थुप्रै धार्मिक आस्था रहेका मठ मन्दिर रहेका छन्, यही पुर्वीय दर्शन अध्ययन गर्न सकिने सिंगो संस्कृत विश्वविद्यालय छ, वास्तवमै यो पूर्वीय दर्शन अध्ययनको केन्द्र बनिसक्नु पर्ने हो तर यो सबै बाँदरको हातमा नरिवल बनाउन त खोज्दै छैनौ भन्ने प्रश्न खडा भएको छ । यसलाई त हामीले अन्तर्राष्ट्रिय अध्ययनको केन्द्र बनाउनुपर्ने हो, तर यो गुमनाम बनाएर महत्व खुम्च्याएर राख्नुपर्ने बिडम्बना भएको छ । हामीले यसको बारेमा पनि सोँच्नैपर्छ ।’

यसैगरी, उनले पूर्वीय दर्शनप्रतिको प्रभाव, हस्तक्षेपहरुबारे नकारात्मक अवधारणा चिर्न सक्ने संयन्त्र बनाउन अपिल पनि अपिल गरिन् । नेपाल पूर्वीय दर्शनको आधार थलो हुँदा हुँदै पनि यसको सही उपयोग अझै हुन नसकेको जिकिर गरिन् । उनले भनिन् ‘नेपाल पूर्वीय दर्शन अध्ययन र अनुसन्धानको केन्द्र हो तर हामीले यहाँको बारेमा विश्वलाई बुझाउन अझै सकिरहेका छैनौँ, यसले गर्दा पूर्वीय दर्शन पढ्न अमेरिका जानुपर्ने अवस्था त हुन्न ? भन्ने अवस्था सिर्जना भएको छ । जबकी पश्चिमा देशका नागरिक ज्योतिष विज्ञान र पूर्वीय दर्शन पढ्न लालायित छन् । उनीहरु ठूलो संख्यामा ज्योतिष विज्ञानमा विश्वास गर्छन् । ज्योतिष विज्ञान पढिरहेका छन् । यस प्रति उनीहरुको अस्वाभाविक आकर्षण बढेर गएको छ ।’

आजको विज्ञानको विकासको आधार पूर्वीय दर्शन र ज्योतिष विज्ञान रहेको बताउँदै उनले युवाहरुमा ज्योतिष विज्ञानलाई विज्ञान प्रविधिसँग जोड्न सके धार्मिक र सांस्कृतिक विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

दुई दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनमा ज्योतिष वास्तु तथा कर्मकाण्ड पेशालाई मर्यादित र व्यवस्थित गराउनुका साथै जनमानसमा यी विधाहरुको प्रचारप्रसार गर्न र ज्योतिष विज्ञानको अध्ययन अध्यापन, प्रशिक्षण, परामर्श तथा अनुसन्धान गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा छरिएर रहेका गणित ज्योतिष र फलित ज्योतिष विधामा रहेका मतमतान्तरहरुलाई मनन गरी वास्तविक तथ्यको निक्र्यौल गर्ने प्रयास हुने बताईएको छ । उद्घाटन समारोहमा परिषदका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार पञ्चाङ्गकार डा. लोकराज पौडेल लगायतको सहभागिता रहेको छ ।

सम्मेलनमा उपप्राध्यापक कपिलदेव सुवेदीले वैदिक वास्तुविषयक, ई लक्ष्मीप्रसाद सोतीले वास्तुमा पञ्चतत्वको अवस्था र महत्व विषयक, प्रा. प्रेमकुमार आचार्यले संस्कारको महत्व र सोह्र संस्कारहरु विषयक कार्यपत्र प्रस्तुत गर्नेछन् । प्राध्यापक डा अर्जुनप्रसाद भट्टराईले ज्योतिषमा विद्या र सन्तान विचार विषयक कार्यपत्र प्रस्तुत गर्नेछन् । केन्द्रीय समिति अध्यक्ष ज्योतिषी माधवराज पाण्डेको अध्यक्षतामा शुरु भएको सम्मेलनमा संस्थापक अध्यक्ष लोकराज पौडेलले नेपाल ज्योतिष परिषदको विगतदेखि वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए । महासचिव कमलप्रसाद काफ्लेले ज्योतिष विज्ञानलाई थप प्रभावकारी र विश्वसनीय बनाउन खगोगशास्त्र अध्ययन गर्न टेलिस्कोप आवश्यक रहेको हुँदा नेपाल सरकारसँग सहयोगको अपिल गरे । दुइदिनसम्म चल्ने सम्मेलनमा देशभरका ज्योतिष वास्तु तथा कर्मकाण्ड क्षेत्रमा लागेकाहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?