ट्रेंडिंग:

>> अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार >> विजयनगरमा काठसहित ट्याक्टर, ढुङ्गा–गिट्टी लोड टिप्पर र डोजर नियण्त्रणमा >> फ्रान्समा भेटिए १०वर्ष देखी श्रीमतीलाई सामुहिक बलात्कार गराउने अपराधी >> उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय >> दुर्घटनामा युवकको मृत्यु >> धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी, अफ्रिकी देश गाम्बिया सबैभन्दा बढी >> सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता >> मेक्सिकोको ट्रम्पलाइ चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छाैं’ >> पूर्वराजा शाह अर्को साता नेपालगन्ज भ्रमणमा >> चौधरी ग्रुपमा लागेको ताला खुल्यो >> विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् एउटा ठूलो रहस्य >> ‘पुष्पा- २’ का कलाकार माथी शारीरिक तथा आर्थिक शोषण आरोप >> जी ७ का बिदेशमन्त्रीहरुले गरे लेबनानमा युद्द बिरामको अपिल >> एनसेल फाउन्डेसनको सहकार्यमा लैैङ्गीक हिंसा विरुद्धको अभियान >> एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिनमिल्ने >> यी हुन पाँचवटा सहकारीको तीन अर्ब ठगीका ‘नाइके’ हरू >> औपचारिकतामै सीमित उद्योग दिवस >> हिंसाका घटनामा आएन कमी >> गाउँपालिका पुग्ने सडक नै तीन बर्षदेखि अलपत्र >> सडकमा सरकारको लापरबाहीः फराकिलो सडकमा साँगुरो पुल >> आजको मौसम : तराईसहित केही पहाडी भूभागमा हुस्सु र कुहिरो >> कर्णालीमा ५२ प्रतिशत बालविवाह >> भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे बुटवलमा अन्तरसंवाद >> अध्यक्ष र महासचिवलाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्यमाथि एमालेको कारबाही >> घोराहीको न्यायिक समितिद्धारा ४४ प्रतिशत विवाद मिलापत्र >> एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने >> मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी >> सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता >> तेस्रो दीक्षान्त समारोह गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय >> गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका दुई चिनिया नागरिक पक्राउ >> अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री >> हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा, दियो आवास अधिकार >> हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने >> सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल >> सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय >> पेस्तोल सहित युवक पक्राउ >> एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई विदाई >> बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल >> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई >> बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक >> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै

शान्ति सुरक्षा प्रभावकारी बनाऊ

१६ कार्तिक २०८०, बिहीबार
१६ कार्तिक २०८०, बिहीबार

रूपन्देहीका विभिन्न स्थानमा दशैंको समयमा चोरी, डकैती र लूटपाटका घटना बढेको सार्बजनिक भएका छन । दशैंको विदाई भैसकेको र दिपावलीको रौनक सुरु हुने तरखर भैरहेको बेला यस प्रकारका घटना पुनः दोहोरिने संभावना छ । चोरी तथा लुटपाटमा संलग्नहरूले यस्तै चाडपर्व र अनुकूल समयको सदुपयोग गर्दछन् । उचित समयको मौका पर्खिएर बस्छन । अतः दशैंको फाईदा उठाउँदै बुटवल र तिलोत्तमामा चोरी र लूटपाटका घटना भएका छन । यस प्रकारका घटनाले स्थानीय बासिन्दालाई त्रसित बनाएको मात्र होइन, घर छोडेर हिँडनुपनि अर्काे समस्या र अपराध हो भन्ने भान हुँदैछ । यसैगरी रूपन्ेदहीका साथै देशका विभिन्न स्थानमा हत्या, डकैती र लूटपाटका घटनामा बृद्धि भएको छ । पछिल्लोपटक देशका विभिन्न स्थानमा असुरक्षाको महसुस भैरहेको छ । बुटवलमा आठ महिनाअघि भएको रहस्यमय मृत्युको घटना अझै पत्ता लाग्न सकेको छैन । प्रहरीले समेत घटनाका बिषयमा नजरअन्दाज गर्दा पीडित परिवारमाथि डूलो बज्रपात परेको छ । प्रहरी प्रशासनले जाहेरी लिनसमेत नमानेको पीडित परिवारले गुनासो गरेका छन । यो घटनाले के देखाउँछ भने पहुँच नभएकाहरू प्रहरी प्रशासनको सेवाबाट समेत बञ्चित हुनुपर्ने अवस्था छ । यो घटनाले न्याय मरेको आभाष भैरहेको छ । राज्यका कुनैपनि निकाय प्रभावकारी हुन सकिरहेको छैन । त्यसमाथि देशका जुनकुनै स्थानमा पनि चोरी, लूटपाट र डकैतीका घटना भएको सुन्नमा आईरहेको छ । पटक पटक हुने यस प्रकारका घटनाले शान्ति सुरक्षामाथि पुनः प्रश्न उत्पन्न भएको छ । सरकारले सुरक्षा व्यवस्था प्रभावकारी वनाएको वताएपनि यो आपराधीक श्रृंखलामा बढोत्तरी भएको छ । यस्ता घटनाले राजधानीमात्र होइन बाहिरको सुरक्षा अवस्थापनि कमजोर रहेको प्रष्ट भएको छ ।

सरकारले देशको सुरक्षा व्यवस्था मजबुत रहेको दावी गर्दै आएको छ । तर रूपन्देहीमा दशैंको बेलामा प्रहरीले १६ जना चोर तथा लुटेराहरू सार्वजनिक गर्नुले रूपन्देही जिल्लाबासी अझैपनि सुरक्षित छैनन भन्ने स्पष्ट भएको छ । अहिले जनताले असुरक्षाको महसुस गरिरहेका छन । निश्चय पनि यो विषयलाई कमजोर ठान्नु हुँदैन । प्रहरी प्रशासनले अपराधका जुनकुनै घटनामा संलग्न दोषी जो भएपनि पक्राउ गरि कारवाही गर्नुपर्दछ । यस्ता घटनाले निश्चित रूपमा प्रहरी प्रशासनमाथि चुनौति थपिएको छ । आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति हुन नदिन फेरिपनि प्रहरी प्रशासन गंभीर हुनु जरुरी छ । चोरी, लुटपाट, हत्या र हिंसाका घटना बढ्ने यस्तै समयमा हो । अतः दशैं र दिपावली जस्ता चाडपर्वको बेला प्रहरी प्रशासन बढी सचेत हुनु जरुरी छ । अर्कोतर्फ मुलुकमा राजनैतिक अस्थीरता छ । सरकार अस्थीर छ । आगामी दिनमा यस्ता आपराधीक प्रवृत्ति हावी हुन नदिन सरकारले ठोस रणनीति वनाउनु जरुरी छ । बेथिती बढ्दै गर्दा नेपाली जनताले धैर्य देखाएकै छन । यसको प्रशंसा गर्नैपर्दछ । तर जनताको यो धैर्यतालाई सरकारले कमजोरी ठान्ने कोसिस गर्नुहुँदैन । तसर्थ अव ढिलाई नगरि देशका विभिन्न स्थानमा भैरहेको यावत अपराधजन्य घटनाक्रमलाई नियन्त्रण गर्न जरुरी छ । यसतर्फ सम्वन्धित निकायको ध्यान जाओस् । खासगरी रूपन्देहीका विभिन्न स्थानमा भएका चोरी र लुटपाटका घटना नियन्त्रणमा प्रहरीको ध्यान जाओस् । बुटवलमा आठ महिना अघि भएको रहस्यमय मृत्युका पछिको यथार्थ अवस्था प्रहरीले सार्वजनिक गरोस् । सिमान्तकृत तथा पहुँच नभएकाहरू मारिँदा पनि उनका परिवारले घटनाको सथ्यतथ्य जानकारी नपाउनु कस्तो बिडम्वना हो ? दोषी अपराधी कारवाहीको दायरामा आउनु त परेको कुरा, रहस्यमय मृत्युको छानबिनसम्म नहुनु गंभीर चिन्ताको बिषय हो । प्रहरी प्रशासनले छानबिनमा समेत बेवास्ता गर्नुका पछिको कारण छर्लङ्ग छ । तसर्थ प्रहरीले आठ महिना अघिको रहस्यमय मृत्यु प्रकरणको यथार्थ सत्यतथ्य पत्ता लगाओस् र सार्वजनिक गरोस् । यो घटनासंगै नेपालीहरूको अर्को ठूलो चाड दिपावली नजिक आईसकेकोले शान्ति सुरक्षाको सवालमा प्रहरी प्रशासनको सकृयता अझै बढोस् । दशैमा जस्तोगरी दिपावलीमा चोरी र लुटपाटका घटनाको पुनराबृत्ति नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?