ट्रेंडिंग:

>> विश्वकप एशिया छनोटमा नेपालको लगातार तेस्रो जीत, हङकङ ९ विकेटले पराजित >> योङ ग्लोबल लिडरमा छनोट भए पछि डंगोल भन्छिन्, ‘खुशी लागेको छ’ >> राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान >> नारायणीमा बेपत्ता भएका दाजुभाइ अझै भेटिएनन् >> हङकङले दियो नेपाललाई ११६ रनको लक्ष्य >> आज पनि ३० अर्ब निक्षेप निकाल्दै राष्ट्र बैंक >> सुनको मुल्य २७ रूपैयाँले बढयो, पुग्यो १ लाख ८७ हजार >> संविधानद्वारा प्रत्याभूत महिला अधिकार गुम्ने खतरा >> आन्तरिक पर्यटकले बढाएको उत्साह >> दर्जनौ खानेपानी आयोजना अलपत्र >> होटल व्यवसायीमा रमिताः भान्से हुँदै दल, भाग लगाउँदै पद ! >> नाम मात्रैको सहकारीलाई बाटो देखाउँदै जैविक कृषि सहकारी >> टस जितेर नेपाल हङकङ बिरूद्दको खेलमा फिल्डिङमा >> आन्दोलन निर्णायक स्थानमा पुग्यो, भ्रममा नपरी सबै माइतीघर आउनु होलाः शिक्षक महासंघ >> बिसिए च्यालेन्जर्सको कप्तानी गर्दै नौ बर्षीय कृकेटर अनमोल बाबु >> वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस >> स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्को ४ बुँदे निर्णय, आन्दोलन अन्त्य गरी विद्यालय फर्कन आह्वान >> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा

राष्ट्रिय ज्योतिष सम्मेलनको तयारी पूरा : सम्मेलन ऐतिहासिक हुने आयोजकको दाबी

१५ कार्तिक २०८०, बुधबार
१५ कार्तिक २०८०, बुधबार

दाङ, १४ कात्तिक ।

दाङको घोराहीमा बिहीबारदेखि सुरु हुने १८ औं राष्ट्रिय ज्योतिष सम्मेलनको तयारी पूरा भएको छ । बुधबार दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल ज्योतिष परिषद्ले सम्मेलनको बारेमा जानकारी गराएको छ । उक्त सम्मेलनको सबै तयारी पुरा भएको र सम्मेलनको नेपाल सरकारका सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

नेपालभित्र रहेका ज्योतिष वास्तु तथा कर्मकाण्ड क्षेत्रमा लागेकाहरुलाई संगठित गरी ज्योतिष वास्तु तथा कर्मकाण्ड पेसालाई मर्यादित र व्यवस्थित गराउनुका साथै जनमानसमा यी विधाहरूको प्रचारप्रसार गर्न र ज्योतिष विज्ञानको अध्ययन, अध्यापन, प्रशिक्षण, परामर्श तथा अनुसन्धान गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा छरिएर रहेका गणित ज्योतिष र फलित ज्योतिष विधामा रहेका मतमतान्तरहरुलाई मनन गरी वास्तविक तथ्यको निक्र्यौल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

ज्योतिषीय परामर्श जन्मदेखि मृत्युप्रयन्त सबैलाई आवश्यकता पर्ने भएकोले सर्वसाधारण सवैमा प्रारम्भिक ज्योतिषको ज्ञान दिलाउन प्रयास गर्ने, ज्योतिष विज्ञानको गरिमा र सत्यतालाई समाजमा जानकारी गराउने संस्थाको उद्देश्य अनुसार नै संस्थाको संगठन सुदृढीकरण र विस्तारका लागि २५ औं वार्षिक साधारणसभा तथा १८ औं राष्ट्रिय ज्योतिष, वास्तु तथा अध्यात्म सम्मेलन २०८० को आयोजना गरिएको छ ।

नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश समितिले विभिन्न सृजनात्मक कार्य गर्नुका साथै अत्याधुनिक सभाहल, विद्युतीय पुस्तकालय, वेधशाला, ग्रहवाटिका, ज्योतिष प्रवर्तकहरुको मुर्ति समेत स्थापना गरि सुविधासम्पन्न भवन निर्माण गर्ने प्रशंसनीय कार्य गरेकोले सो कार्यलाई प्रोत्साहन गर्न स्वर्गद्वारी महाप्रभुको क्रिडास्थल लुम्बिनी प्रदेशको सुन्दर नगरी घोराही दाङमा यो कार्यक्रम आयोजना गरिएको हो ।

सम्मेलनमा कार्यपत्र प्रस्तोता उपप्राध्यापक.कपिलदेव सुवेदी, वैदिक वास्तु विषयक ई. लक्ष्मीप्रसाद सोती वास्तुमा पञ्चतत्वको अवस्था र महत्व विषयक कार्यपत्र प्रस्तोता प्राडा अर्जुन प्रसाद भट्टराई, ज्योतिषमा विद्या र सन्तान विचार विषयक प्राध्यापक. प्रेमकुमार आचार्य संस्कारको महत्व र सोह्र संस्कारहरु विषयक कार्यपत्र प्रस्तुत हुनुका साथै नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको मुखपत्र ज्योतिष सन्देशसमेत लोकार्पण हुने आयोजकले जनाएको छ । विभिन्न विषयहरूलाई दुइदिने कार्यक्रममा समेटिने भएकाले सम्मेलन ऐतिहासिक हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?