© २०२३
न्युज बुटवलटुडे
बुटवल,१५ कार्तिक । बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा नेकपा एमालेले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सुरू भएको छ ।
पार्टी मुख्यालय च्यासलमा नेता, कार्यकर्ता र निम्तालुहरूको चहलपहल सुरू भएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा साढे १२ बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक र २.३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रितका लागि प्रबन्ध गरिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट राजनीतिक दलका प्रमुख, मन्त्री, सरकारी तथा विविध क्षेत्रका व्यक्तित्व साथै कुटनीतिक क्षेत्रकालाई चियापानमा निम्तो गरिएको छ ।
एमालेले बडादसैँको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । एमालेले आयोजना गरेको चियापानमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसाल भने नजाने भएका छन् । तर सम्मानित नेता झलनाथ खनाल भने जाने भएका छन् ।