ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

एनआरएनए झगडा : बद्री केसीले पनि आरके शर्माविरुद्ध दिए जाहेरी

१५ कार्तिक २०८०, बुधबार
१५ कार्तिक २०८०, बुधबार

काठमाडौँ, १५ कात्तिक ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले समानान्तर कमिटीका अध्यक्ष आरके शर्माविरुद्ध प्रहरी कार्यालयमा जाहेरी दिएका छन्।

गत मंगलबार बालुवाटारस्थित एनआरएनएको केन्द्रीय कार्यालयमा दुई पक्षबीच भएको  झगडाका विषयमा केसीले पनि शर्माविरुद्ध जाहेरी दिएका हुन्। यसअघि शर्मा पक्षले आफूहरूविरुद्ध दुर्व्यवहार र कुटपिट भएको भन्दै प्रहरीमा जाहेरी दिइसकेको छ।

हालै काठमाडौँमा सम्पन्न संघको ११औँ महाधिवेशनदेखि नै दुई पक्षबीच मनमुटाव भइरहेको छ। निर्वाचनबाट संघको अध्यक्षमा बद्री केसीलाई विजयी घोषणा गरिए पनि अनलाइन मतदानमा धाँधली गरिएको आरोप लगाउँदै आरके शर्माको अध्यक्षतामा संघको समानान्तर कमिटी गठन गरिएको छ।

गत मंगलबार नवनिर्वाचित अध्यक्ष केसीलाई बधाई दिन पुगेका एमाले नेता महेश बस्नेतको कार्यक्रममा आरके शर्माको समुहले हुलदंगा गरेको आरोप केसी पक्षले लगाएको छ।

डा. केसीले दरबारमार्ग प्रहरी वृत्तमा दिएको जाहेरीमा निर्वाचित पदाधिकारी र कर्मचारीलाई कार्य सम्पादन गर्न नदिने हेतुले निर्वाचनका उपविजेता पक्षका व्यक्तिले कार्यलयमा प्रवेश गरी जीउ ज्यान र सम्पत्तिमा नोक्सानी पुर्‍याउन खोजिएको आरोप लगाइएको छ।

केसीले दिएको जाहेरीमा ‘निर्वाचित पदाधिकारीहरुलाई पूर्व मन्त्री महेश बस्नेत उपस्थित भई बधाई दिई रहेको बेला उपविजेता भएका राजेन्द्र कुमार शर्माको नेतृत्वमा बुद्धि सागर सुवेदी, गंगाधर गौतम, ठाकुरप्रसाद ढुंगाना, ओम शर्मा लगायतका व्यक्तिहरू संघमा कुनै जानकारी नदिई गैरकानुनी र अनाधिकृत रूपमा प्रवेश गरी गालीगलौज, अनुमतिबिना फोटो खिच्ने, चरित्र हत्या गर्ने र संघको कार्यालयमा हुलदंगा गर्ने कार्य गरेको’ आरोप लगाइएको छ।

केसीले उनीहरूविरुद्ध जीउ, ज्यान र सम्पत्तिको शान्ति सुरक्षा उपरको कसुर, अभद्र व्यवहारको कसुर र वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुरमा कारबाही गर्न प्रहरीसँग अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?