ट्रेंडिंग:

>> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने

स्वास्थ्य बीमा बोर्डलाई ठग्न अस्पतालले लाग्दै नलागेको रोगको पनि उपचार गर्न थाले

१३ कार्तिक २०८०, सोमबार
१३ कार्तिक २०८०, सोमबार

काठमाडौं, १३ कात्तिक ।

स्वास्थ्य संस्थाहरूले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सरकारी कोषको रकममा लुट मच्चाउन जथाभावी स्वास्थ्य उपचार गरेर ठग्ने प्रवृत्ति बढ्दै गएको छ । स्वास्थ्य बीमा बोर्ड अन्तर्गत आवद्ध अस्पतालहरुले सामान्य रोगको उपचारका लागि आउने बिरामीलाई जबरजस्ती कथित जटिल रोगको उपचार गरेर ठग्ने प्रवृत्ति बढ्दै गएको हो ।

सामान्य अवस्थाका बिरामीलाई समेत रगत र पिसाब परीक्षण, एक्सरे, भिडियो एक्सरे, महँगा औषधि उपभोग गर्न चिकित्सकमार्फत् सुझाव दिएर अस्पतालले स्वास्थ्य बीमा बोर्डमा जथाभावी रकम सोधभर्ना माग गरिरहेका छन् । अस्पतालले बीमावापतको रकम दाबीका लागि जथाभावी गरिएको बिरामी जाँच, प्रयोगशाला र औषधिको बिल पेश गरेपछि बोर्डले दाबी फछ्र्यौट गर्न सकेको छैन ।

अनैतिकरुपमा उपचार (अनइथिकल प्राक्टिस) गर्ने प्रवृत्तिबारे गुनासो बढ्दै गएपछि बोर्डका निमित्त कार्यकारी निर्देशक डा. मदन उपाध्यायले निर्देशन जारी गर्दै अस्पतालहरुलाई त्यसो नगर्न सचेत गराएका छन् । स्वास्थ्य बीमा नियमावलीको प्रावधान विपरित जथाभावी उपचार गरेको अवस्थामा नियमावलीको नियम १९ अन्तर्गत कारवाही गर्ने चेतावनी समेत बोर्डले दिएको छ ।

नियम १९ मा सेवा प्रदायक संस्थाले सम्झौता बमोजिमको सेवा उपलब्ध नगराएमा, अभिलेख अद्यावधिक गरेको नदेखिएमा वा झुठा प्रतिवेदन पेश गरेमा, कार्यक्रम सञ्चालनमा लापरवाही गरेमा वा आफ्नो संस्थामा त्यस्तो सेवा उपलब्ध हुँदा हुँदै पनि अन्यत्र पठाएमा बोर्ड आफैंले वा बोर्डले गठन गरेका समितिले उठाएका विषयहरु सेवा प्रदायक संस्थाले निर्धारित समयावधीभित्र पुरा नगरेमा समयमा सम्झौता स्थगन वा रद्द गर्न सक्ने प्रावधान छ । रद्द गर्नु अघि बोर्डले सम्बन्धित सेवा प्रदायक स्वास्थ्य संस्थालाई सफाई पेश गर्ने मौका भने पेश गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?