Butwal Today

तीन महिनामा १० लाख १५ हजार बढी मोबाइल सेट आयात

१३ कार्तिक २०८०, सोमबार
अ+
अ-

काठमाडौं, १३ कात्तिक ।

चालु आर्थिक वर्षको ३ महिनामा १० लाख १५ हजार बढी मोबाइल सेट आयात भएको छन् । आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोजसम्म १० लाख १५ हजार बढी मोबाइल आयात भएका हुन ।

गत आर्थिक वर्ष २०७९/८० पहिलो ३ महिनाको अवधिको तुलनामा मोबाइल आयात घटेको छ । गत वर्ष साउनदेखि असोज सम्म १२ लाख ७४ हजार सेट मोबाइल आयात भएको थियो ।

नेपालमा विभिन्न देशबाट बजेटदेखि प्रिमियमफोनसम्म आयात हुँदै आएका छन् । तर आर्थिक मन्दीको असर मोबाइल आयातमा समेत देखिएको छ । मन्दीको कारण मोबाइल आयात घटेको व्यवसायीको भनाइ छ ।