© २०२३
बुटवल, १२ कात्तिक ।
८० वर्ष नाघेका जेष्ठ नागरिकलाई सम्मान गर्ने अभियान थालेको ठूलाखर्क सेवा समाज रुपन्देहीले आफ्नो अभियान अन्तर्गत सम्मानका लागि काठमाडौं पुगेको छ ।
८० वर्ष नाघेका जेष्ठ अभिभावकलाई सोमबार काठमाडौंमा सम्मान गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष टामलाल ज्ञवालीले जानकारी दिए । काठमाडौंमा ठूलाखर्कबाट बसाईसराई गरेर आएका ९ जन ाजदेष्ठ नागरिकलाई सम्मान गरिने ज्ञवालीले बताए ।
यसअघि समाजले गत फागुन २४ गते आफ्नो वार्षिकोत्सवको अवसर पारेर रुपन्देहीमा ११ जना जेष्ठ अभिभावकलाई सम्मान गरेको थियो । अघाँखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर १ स्थित ठूलाखर्क स्थायी घर भइ विभिन्न पेशा व्यवसायको सिलसिलामा रुपन्देहीसहित आसपासका जिल्लाहरुमा आइ बसोबास गर्नेहरुले समाज स्थापना गरेका हुन् । समाजले जेष्ठ नागरिक सम्मानसँगै वार्षिकोत्सव मनाएको थियो । त्यस लगत्तै समाजले अर्घाखाँचीको ठूलाखर्कमै पुगेर जेष्ठ नागरिकलाई सम्मान गरेको थियो ।
अध्यक्ष ज्ञवालीले जेष्ठ नागरिकको सम्मान पहिलो कर्तव्य भएकोले समाजले यसलाई अभियानको रुपमा अगाडि बढाएको बताए । जेष्ठ नागरिकको सीप, ज्ञान र अनुभवलाई नयाँ पुस्ताले सिकाइका रुपमा लिनुपर्ने उनले बताए ।