ट्रेंडिंग:

>> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ)

दसैंमा १२२ सडकाश्रित मानवको उद्दार

११ कार्तिक २०८०, शनिबार
११ कार्तिक २०८०, शनिबार

बुटवल, ११ कात्तिक ।

‘यस वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकमा’–भन्ने मूल नारासहित पूर्व मेची पूलबाट सुरु भएको अभियान अन्तर्गत दसै अवधिभर १२२ जना सडकाश्रित मानवको उद्दार भएको छ । मानव सेवा आश्रम र आनी छोयिङ डोल्मा फाउण्डेशनको संयुक्त आयोजनामा असोज २७ गतेदेखि सुरु भएको ‘मेची–महाकाली राष्ट्रिय उद्दार यात्रा–२०८०’ शनिबार विहान बुटवल आइपुगेको हो ।

अभियान अन्तर्गत बुटवलबाट ३ जना सडकआश्रित मानवको उद्दार गरिएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । पूर्वको मेची पुलबाट एक बालकसहित ३ जनाको उद्दार गरी सुरु भएको अभियान पश्चिम महाकालीमा पुगेर समापन गरिने उनले बताए । प्रसिद्ध गायिका आनिछोइङ डोल्मासँगै मानव सेवा आश्रमका सदस्यहरुसहित अभियानमा रहेका टोलीमा सडकमा बेसहारा, अशक्त, असहाय, अभिभावकविहिन, मानसिक तथा सामाजिक रुपमा कमजोर सडकआश्रित मानवलाई उद्दार गर्दै आएको छ ।

अभियानमा सहभागीहरुलाई बुटवलमा स्वागत गर्दै बुटवल उमपहानगरका प्रमुख खेलराज पाण्डे, समाजसेवी तथा मानव सेवा आश्रमका सदस्य गोपाल रानाले अभियान सफलताको शुभकामना व्यक्त गरे । बुटवलको बसपार्कमा बेसहारा भई बसेका एक पुरुष, एक महिला र बालिकालाई उद्धारपछि बोल्दै बुटवल उपमहानगरका प्रमुख पाण्डेले उनीहरुको व्यवस्थापनका लागि सम्पूर्ण दायित्व पूरा उपमहानगर तयार रहेको बताए ।

सडक आश्रितहरुको परिवारसँग पुनः मिलन हुन सकोस् भन्ने उद्देश्यसहित उद्दार र मानव सेवाको कार्यमा उपमहानगर विगतदेखि नै सहकार्य गर्दै आएको र आगामी दिनमा पनि तयार रहेको बताए । एक व्यक्तिले र बुटवल उपमहानगरको दायित्व मात्र नभई सम्पूर्ण मानव जातिले सेवाभावको सोच बिकास गर्न जरुरी रहेको उनले बताए ।
यसैगरी प्रसिद्ध गायिका आनिछोइङले हर मानवमा करुणा भाव हुन आवश्यक रहेको उल्लेख गरिन् । ‘मानव सेवाका लागि सधैभरी हामीले गोजीबाट पैसा निकालेर दिनुपर्छ भन्ने छैन, हामीले गर्ने व्यवहार र बोल्ने बोली सधै सकारात्मक भए अभियान सार्थक हुन्छ’–उनले भनिन् । अभियान अन्तर्गत बुटवलमा भएको मावनउद्दार कार्यमा मानव सेवा आश्रमका अभिभावक लोकनाथ भुसाल, शेरबहादुर गौतम, आश्रमका लुम्बिनी संयोजक सरु अधिकारी, रुपन्देही संयोजक टिकामाया थापा लगायत सुरक्षाकर्मी, सञ्चारकर्मी तथा आश्रमका सदस्यहरुको सहभागिता रहेको थियो ।

मानव सेवा आश्रमले देशका २४ वटा सेवाकेन्द्रबाट हालसम्म १ हजार ६ सय बढीको उद्दार गरी आश्रमको व्यवस्था गरेको छ । रुपन्देहीमा १८० जना सडकाश्रितहरुलाई उद्दार गरी उनीहरुलाई बासको व्यवस्था गर्दै आएको छ । मुलुकलाई सडकआश्रित मानव मुक्त बनाउने अभियान अन्तर्गत मानव सेवाआश्रमको सहकार्यमा हालसम्म बुटवल उपमहानगरपालिकासहित १३ वटा स्थानलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?