ट्रेंडिंग:

>> अमेरिकामा हुने त्रिदेशीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक >> एमाले सचिवालय बैठक बस्दै : वार्षिक कार्ययोजनाबारे छलफल हुने >> किसान बचाउने मोडेलको सिको गरौं >> गाउँको उत्पादन बजारीकरण गर्दै बेल्बासे >> सिक्टा सिंचाइः किसानलाई देखाउने दाँत >> तस्करले छाडेनन तुरियाखोला >> होटल ब्यवसायी, क्याटरिङ, उद्योग संघ र ब्यापार संघ अन्तिम चारमा >> आजको मौसमः तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना >> न्यायलयले न्याय मारेर घुस लिएको भन्दै नाराबाजी >> नवलपुरमा दसैँ मेला लाग्ने >> लुम्बिनीमा पारित भयो स्थानीय सेवाको गठन सम्वन्धी विधेयक >> ३ बर्षे रणनीति बनाउन चेम्बर लुम्बिनी को सिङ्गो टिम पाल्पामा >> प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेपछि महासंघको विरोध >> भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन >> प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता >> समायोजन जटिलता देखिएका स्वास्थ्य कर्मचारीको व्यवस्थापन कार्यविधि स्वीकृत >> दयाहाङ र आँचल स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु >> नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार >> एमालेको बहुमत नहुँदासम्म चाहेजस्तो विकास हुन सक्दैन : लिला गिरी >> नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी- गृहमन्त्री लेखक >> युएनडिपीको कार्यक्रमलाई नतिजामुखी बनाउनुपर्छ : मन्त्री शाह >> सुरक्षा उपकरण बिगारेको भन्दै त्रिभुवन विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध >> कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनीत >> चीनका लागि जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्षको जेल सजाय >> बुटवल–गोरुसिङ्गे सडक बिस्तार दसैं तिहार पछाडि थालिने >> कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा >> प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर दिए शुभकामना >> इन्जिनियर्स एसोसिएसनको चुनावः लुम्बिनीमा यस्ता छन् प्रगतिशिल उम्मेदवारका एजेण्डा >> संबैधानिक निकायका सबै रिक्त पदमा छिटो सिफारिस गर्न प्रचण्डको सुझाव >> प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै >> प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डको भेटवार्ता >> निश्चल बस्नेतले नयाँ फिल्म ‘डेनी डेन्जरस’ निर्देशन गर्ने >> निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्कियो >> इरानले रुसलाई मिसाइल दिएपछि थप युद्धको डर >> मन्त्रिपरिषद्को बैठक आज बस्दै >> पालिका र जिल्ला केन्द्रित आन्दोलन गर्ने नेकपा बहुमतको घोषणा >> चार्जिङ स्टेशन बाट ११ लाख आम्दानी >> व्यवसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन >> ४२ जिल्लाका ६१ ठाउँमा सहुलियत पसल सञ्चालन हुने >> विद्यालयको सामाजिक परिक्षणको दुरावस्था >> वन पैदावारबाट ७१ लाख राजस्व >> राजस्व मिलाउन लसुन तस्करको दौडधुप >> तरकारी बेच्न किसानलाई हाईसन्चो >> यातायात समिति नवीकरण नगर्ने निर्णय सर्वोच्चद्वारा बदर >> माैसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना >> एनसेलद्वारा ठाकुरापुर कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर >> जिल्ला स्तरीय किड्स टिन्स एण्ड खुला भुपुसैनिक ब्याडमिन्टन हुने >> मेरो कार्यकालभरि एनईएकै कार्यालयमा हुन्छु– जयलाल मरासीनी >> गोर्खा राइफल फिलौरा परिवार बुटवलले युद्ध सम्मान दिवस मनायो >> होटेल ब्यवसायी संघ र ब्यापार संघ विजयी शुरुवात

तराइमा पनि सराय नाचको रौनकता छाउदै

११ कार्तिक २०८०, शनिबार
११ कार्तिक २०८०, शनिबार

लमही ,११ कात्तिक । पहाडी जिल्लामा जस्तै तराई मा सराय नाचको महत्त्व बढेको छ । देवी र शक्तिपीठहरुमा वाख्खै–वाख्खै, हो भन्दै सराय नाच भइरहेको छ । खुँडा, भाला, तरबार,चहर ढाँडलगायतका घरेलु हतियार नचाएर युद्धको झल्को दिने गरी पञ्चेबाजासहितको तालमा सराय नाचिन्छ ।
दाङको लमही ,भालुबाङ ,कपिलबस्तु लगायतका स्थानहरुमा दुर्गा र कालिका मन्दिरहरुमा दशैंसँगै सराय नाचको विशेष महत्त्व बढेको पाइन्छ । यी स्थानहरुमा दशैंको टीकाको अन्तिम दिन पूर्णिमासम्म दुर्गाभगवतीका शक्तिपीठमा पञ्चेबाजा गुन्जिएका छन ।

पहाडी जिल्लाबाट बसाई सराइ गरि आएकाहरुले आफ्नो सास्कृतिको समरक्षणका लागि सराय नाचले निकाल्न थालेको केही बर्षमा यहा सबै जात जातिको साझा नाचको रुपामा सराय नाच बनेकोले सबैतिर रौनकता बढाएको छ । दशैं मनाउन देश तथा स्वदेसबाट घर फर्किएकाहरू युवा ,युवती देखि सबै उमेर समुहका महिला पुरुषले सराय नाच्छन् र मन्दिरबाट निकालिने देवीका आलाममा फूलपाती, अक्षता र भेटी चढाएर दर्शन गर्नेको भीड हुने गर्छ ।
कोजाग पूणिर्माका दिन सनिवार दाङको लमहिमा भक्ती पार्कमा रहेको कालिका भगवती मन्दिरमा भब्य रुपमा सराय नाच निकालिएको छ ।
किंवदन्तीअनुसार दानवसँगको लडाइँमा भगवतीले जितेको उपलक्ष्यमा विजयोत्सव स्वरुप सरायजात्रा गरिँदै आएको कालिका मन्दिरका पुजारी कृष्ण प्रसाद भुसालले बताए। यहा पूर्णिमाको दिन सराय नाच हुन्छ । कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हेमन्त पाण्डे अनुसार सराय नाचको छुट्टै महत्त्व र इतिहास रहेको छ । उनका अनुसार देबिमाताले महिशासुरको बध गरे पछि बिजया दशमी को दिन देखि सुरु हुने बिजय उत्सव पछि पूणिर्मा दिन बिजययात्राको अन्तिम दिन हतियार बिसर्जन गर्दै कोतहरूमा पशुबली दिने परम्परा रहदै आएको बताए ।

शक्तिपीठका मन्दिर , दैवीशक्तिको विजयोत्सव स्वरुप सराय नाच शुरु भएको हो । देवीले महिषासुरको वध गरेपछि त्यसलाई विजय प्रतिक मानेर देवीको गुणगान गाउँदै सराय नाच नाच्न थालिएको हो । बाइसे–चौबिसे राजा बस्ने दरबार र कोतघरमा सराय नाचेर पूर्णिमाको दिन दशैँ बिदा गर्ने यस क्षेत्रको चलन रहेको छ ।

सराय नाच्न र मन्दिरमा दर्शन गर्न अधिकांश मानिसहरू घरमा ढोका लगाएरै जाने गर्छन् । यसरी मन्दिरमा जाने दर्शनार्थीहरू बिहानै नुहाएर टपरीमा फूलपाती लिएर मन्दिरमा भेटीसहित चढाउने परम्परा रहेको छ । हतियार नचाएर सराय नाचप्रति युवाको आकर्षण बढ्दो रहेको लमही नागरिक समाजका सयोज निम बहादुर थापा बताउछन । संस्कृति, मौलिकता संरक्षणका गर्न आफूहरू लागेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?