ट्रेंडिंग:

>> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’

बुटवलको जितगढीमा सरायँ नाच

११ कार्तिक २०८०, शनिबार
११ कार्तिक २०८०, शनिबार

बुटवल, ११ कात्तिक ।

बुटवल १२ जितगढी सरायँनाच ब्यवस्थापन समितिको आयोजनामा ऐतिहासिक सरायँ नाचसम्पन्न भएको छ ।

शत्रुलाई पराजित गरेपछि विजय उत्सवको रुपमा परापुर्वक कालदेखि पश्चिम पहाडका गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, बाग्लुङमा बडादशैको एकादशीदेखि पूर्णिमा सम्म देवीका मन्दिर शक्ति पीठमा तथा विभिन्न कोट दुर्गाा मन्दिरहरुमा खेलिने सरायँ नाच बसाइसराइसंगै तराईका रुपन्देही, कपिलबस्तु, दाङ लगायतका जिल्लामा पनि सरेको छ । गुल्मी, अर्घाखाँची र पाल्पामा सदियौं देखि दशैँमा नाचिने सरायँ नाच निकै उत्कृष्ट नाच मानिन्छ ।

संस्कृति सभ्यता जोगाइ राख्न गरिएका प्रयासले परम्परा संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्न सहयोग पुर्याउने संस्कृतिका जानकार राजेन्द्र आचार्यले बताए ।

ऐतिहासिक स्थान जितगढीमा नचाइएको सरायँ नाचमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, उप प्रमुख सावित्रा अर्याल लगायत विभिन्न प्रशासनिक निकाय, सामाजिक र राजनीतिक ब्यक्तित्वहरुको सहभागिता मात्रै नभै सर्वसाधारणसँगै घण्टौ सम्म सराय नाचेपछि थप हौसलासँगै उल्लासमय वातावरण बनाएको जितगढी सरायँनाच ब्यवस्थापन समिति अध्यक्ष खिमबहादुर थापाले बताए । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सरायँ नाच साँच्चिकै दशैको मुल विषय भएकाले महत्वपूर्ण संस्कारलाई बसाइ सराई संगै आफ्नो सस्ंकृति जोगाउन लागेकोमा आफु हर्षित भएको बताए ।

हिन्दुहरुको महान पर्व वडादसैं अन्तर्गत दशमीको दिनदेखि कोजाग्रत पूर्णिमासम्म सरायँ नाच अर्घाखाँचीको अर्घा भगवती मन्दिरसहितका मन्दिरबाट नाच्न सुरुवात भएको संस्कृतिविदको भनाइ रहेको छ । तरबार, खँुडा र हतियार लिएर पञ्चेबाजाको तालमा नाचिने यस नाचमा देवीको प्रतीक आलमलाई समेत लिएर नाच्ने चलन अनुसार नै सरायँ नाच नचाएको उपाध्यक्ष जिवलाल पन्थीले जानाकारी दिए । तरबार, खँुडा र हतियार प्रदर्शनसहित नाचिने यो नाचले देवी खुसी हुने विश्वास रहेको जितगढी सरायँनाच ब्यवस्थापन समिति सल्लाहकार दिपक पन्थीले बताए । देवीले महिसाशुर र कुम्भको वध गरेको दिन विजयादशमीको दिनदेखि नाचिने यो नाच खुसीयालीमा नाच्न थालिएको अग्रज हरुको भनाइ छ । सराय नाच अर्घाखाँची आसपासका जिल्लामा बढी प्रचलित छ । गुल्मी, अर्घाखाँची, पाल्पाबाट अत्यधिक मात्रामा बसाइ सरी रुपन्देहीमा आएकाले आफ्नो परम्परा सस्ंकृति संरक्षण गर्न जरुरी रहेको सरायँनाच ब्यवस्थापन समिति सचिव पिताम्वर भण्डारीले बताए । यस नाचलाई जस्ताको तस्तै युवा पुस्तामा सार्नसके मात्रै यसको संरक्षण हुने दुर्गामन्दिर ब्यवस्थापन समिति उपाध्यक्ष बालकुमारी सुवेदीले बताए ।

हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबिच धार्मिक, जातीय सदभाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न र देशमा दीगो शान्ति सुव्यवस्था कायम गर्न सरायँ नाच नाच्ने गरिन्छ । यस प्रकारको सरायँ नाच यहीं हेर्न पाएपछि आफुहरु जन्मथलोमै भएको महसुस भएको सरायँनाच हेर्न गएकाहरुले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission