© २०२३
बुटवल, १० कात्तिक ।
हिन्दुहरुको महान पर्व वडादसैंअन्तर्गत दशमीको दिनदेखि कोजाग्रत पूर्णिमासम्म नाचिने सराय नाच अर्घाखाँचीको मौलिक नाच हो। सराय नाच अर्घाखाँचीको अर्घा भगवती मन्दिरसहितका मन्दिरबाट नाच्न सुरुवात भएको संस्कृतिविद बताउँछन्।
तरबार खुडा र हतियार लिएर पञ्चेबाजाको तालमा नाचिने यस नाचमा देवीको प्रतीक आलमलाई समेत लिएर नाच्ने गरिन्छ । तरबार खुडा र हतियार प्रदर्शनसहित नाचिने यो नाचले देवी खुसी हुने विश्वास रहेको छ।
जिल्लाका अर्घा, सन्धिखर्क, खाँची, नुवाकोट, ठाडालगायतका देवीका मन्दिर तथा शक्ति पीठमा यो नाच नाचिने अर्घाका समाजसेवी बाबुराम भुसालले बताए।
देवीले महिसासुर र शुम्भको बध गरेको दिन विजया दशमीको दिनदेखि नाचिने यो नाच खुसीयालीमा नाच्न थालिएको बुढापाकाहरुको भनाइ छ। सराय नाच अर्घाखाँची आसपासका जिल्लामा बढी प्रचलित छ।
हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबीच धार्मिक, जातीय सदभाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न र देशमा दीगो शान्ति सुव्यवस्था कायम गर्न सराय नाच नाच्न गरिन्छ।
अर्घाको अर्घा भगवती मन्दिरमा सराय नाच, पूर्णिमा मेलासहित फूलपाती विसर्जन गरी यस वर्षको दसैंसँगै सराय नाच समापन गरिँदैछ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी