© २०२३
बुटवल,९ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भत्काउने प्रयत्नहरु भएपनि गठबन्धन पाँच बर्ष टिक्ने दाबी गरेका छन् ।
बिहीबार दिउँसो रूकुम पश्चिमको बाफिकोट गाउँपालिकामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धन पाँच बर्ष नै टिक्ने दाबी गरेका हुन् ।
गठबन्धन भत्काउन, टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका तर त्यो प्रयत्न सफल नहुने र पाँचै वर्ष जाने प्रधधानमन्त्रीको दावी छ । गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै नसक्ने भन्दै उनले कसैले भ्रम नपाल्दा हुन्छ भने ।
आफू प्रधानमन्त्री भएपछि मिटरब्याज पीडित किसानहरूका पक्षमा कानुन बनेको उनको दाबी थियो। लाखौं मिटरब्याज पीडित जनताले न्याय पाएका, भ्रष्टाचारविरोधी अभियान नयाँ शिराबाट अगाडि बढाइएको प्रधानमन्त्री प्रचण्डले बताए ।