Butwal Today

कालिका पथको होराईजन चोकमा दुर्घटना

५ कार्तिक २०८०, आइतबार
अ+
अ-

बुटवल, ५ कात्तिक ।

हालै निर्माण भएको योगीकुटी– कालिका पथको होराईजन चोकमा दुर्घटना भएको छ । बुटवलबाट योगिकुटी जाँदै गरेको लु १ च ५७२२ नम्बरको बलेरो जिप सडकको बिचमा राखेको डिभाईडरमा ठक्कर खाएको हो ।

ठक्करबाट जिपको अगाडिको चक्कासंगै डिजाईडरमा समेत क्षति पुगेको छ । तीव्र गतिमा रहेको जिप नियन्त्रण नहुँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनामा मानवीय क्षति भने नभएको ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।