© २०२३
बुटवल,५ कात्तिक । संघीय राजधानी काठमाडौंसहित नेपालका रुपन्देही, गुल्मी सहित विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । काठमाडौं लगायत देशका विभिन्न भागमा आज बिहान ७ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए। भूकम्पको धक्का नेपालमा मात्र नभई चीन र भारतमा समेत भएको अन्तर्राष्टिय सञ्चार माध्यमले जनाएका छन् ।
भुकम्पबाट क्षति भए–नभएकोबारे थप विवरण आउन बाँकी छ ।