© २०२३
बुटवल,४ कात्तिक । लुम्बिनी केबलकार लि. बुटवलले टिकटक प्रतियोगिता गर्ने भएको छ ।
टिकटक प्रयोगकर्ताहरुको प्रतिभा र कला प्रष्फुटनसंगै केबलकारको बजार प्रवद्र्धनमा टेवा पुराउने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गरिएको कम्पनीले जनाएको छ ।
प्रतियोगीहरुले एकल वा सामुहिकरुपमा टिकटक बनाउंदा लुम्बिनी केबलकारको टिकटक आइडीमा राखिएका गीतहरु मध्ये कुनै एकको ट्रयाकमा कामाख्या देवी मन्दिर र लुम्बिनी केबलकार परिसरमा लिपसिङ,डान्स वा अन्य अभिनय गरेर दशै तिहार नेपाल सम्बत छठ उत्सव मेन्सन गरी पोष्ट गर्नुपर्नेछ ।
प्रतियोगीहरुको टिकटक मध्ये हरेक तीन दिनमा उत्कृष्ट छनोट गर्दै मंसिर ३ गतेसम्म प्रतियोगिता चल्ने छ । प्रतियोगितामा उत्कृष्ट हुने मध्ये बढीमा ५० जनाले १० वटाका दरले केबलकारको टिकट प्राप्त गर्ने छन् । पुरस्कार प्राप्त गर्नेहरुको नाम लुम्बिनी केबलकारको टिकटक आइडीमा राखिने कम्पनीले जनाएको छ ।