© २०२३
बुटवल, ४ कात्तिक ।
वाग्ले परिवार रुपन्देहीको प्रथम भेला एवम शुभकामना आदानप्रदान साथै सम्मान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
तिलोत्तमा–२ बनबाटिकामा एक कार्यक्रमका बीच भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको कार्यक्रम संयोगक राजकुमार वाग्लेले जानकारी दिए ।
भेलाको उदघाटन बन्धु समाज नेपालका केन्द्रीय सदस्य गोबिन्द वाग्लेले गरेका थिए । सोही भेलाले राजकुमार वाग्लेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा ड्राइभरटोलकी देवी वाग्ले, सचिवमा शंकरनगरका बिष्णु वाग्ले, कोषाध्यक्षमा कालिकानगरका पुष्प कमल वाग्ले, सहसचिवमा देवदह चरङ्गेका बिष्णु वाग्ले रहेका छन् ।
त्यस्तै सदस्यहरुमा केसरी वाग्ले (टिकुलीगढ), हिरण्य लाल वाग्ले (मणिग्राम), दिपक वाग्ले (केउलेनी), बिष्णु वाग्ले (भैरहवा), शंकर वाग्ले (सैनामैना) र सुजाता वाग्ले (फर्साटिकर) रहेका छन् ।