ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

यस्तो छ कर्णालीमा चाडपर्व लक्षित सुरक्षा योजना

३ कार्तिक २०८०, शुक्रबार
३ कार्तिक २०८०, शुक्रबार

सुर्खेत, ३ कात्तिक ।

कर्णालीमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना –२०८०’ लागु भएको छ । चाडपर्वमा हुने सम्भावित घटना न्यूनिकरण गर्नको लागि प्रदेश प्रहरी कार्यालयले उक्त योजना लागु गरेको छ । गएको वर्षको तुलनामा यस वर्ष बढी मात्रामा जनशक्ति परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुबाट १ हजार ३६९ वटा ड्यूटीमा ४ हजार ५७५ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईका अनुसार सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन ३२३ स्थानमा मोवाईल गस्ती, क्यूआरटी र पैदल गस्ती समेत गरिने छ । २० स्थानमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ भने १२ स्थानमा कर्डन एण्ड सर्च तोकिएको छ । साथै १०२ वटा क्युआरटी परिचालन गरिएको छ भने ६८ वटा चेक प्वाइन्टहरुमा नियमित चेकजाँचको व्यवस्था मिलाइएको छ ।

त्यसैगरी आकस्मिक घटनाहरुको लागि १७ वटा टोलीमा एक सय ३४ जना प्रहरीलाई तयारी अवस्थामा राखिएको छ । यसैगरी ८३ वटा स्थानमा ट्राफिक सहितको संयुक्त चेकिङको थालनी भइरहेको छ । १८ स्थानमा बजार अनुगमन भइरहेको छ भने सवारी साधनको लागि बिशेष चेकिङको व्यवस्था भएको छ ।

सहज यातायातका लागि ६१ स्थानहरुमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । भट्टराईका अनुसार चोरी, तस्करी, लागुऔषध कारोबार लगायतका अवैध गतिविधि नियन्त्रणको चेकिङका लागि १८ स्थानमा सुरक्षा व्यवस्था गरिएको छ ।

यस्तै आर्थिक कारोबार हुने स्थान, धार्मिक तथा पर्यटक स्थल, महत्पुर्ण स्थानहरुको सुरक्षाका लाथि ९२ स्थानमा सुरक्षा व्यवस्था गरिएको छ ।

नागरिकको सुरक्षाको अधिकारको सम्मान गर्दै कर्णाली प्रदेश अन्तर्गतका जिल्लाहरुको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनिय र सुदृढ बनाई आम नागरिगको जनजीवन सामान्य तुल्याउन विशेष सुरक्षा रणनीति तयार पारिएको उनले बताए ।

चाडपर्वको समयमा कुनै पनि किसिमको अप्रिय घटना हुन् नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण आवश्यक भएको सुरक्षा मापदण्डसमेतलाई लक्षित गरी सुरक्षा योजना बनाई लागु गरिएको उनको भनाई छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?