© २०२३
बुटवल,२ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को चुनावमा माओवादी केन्द्र लगायत समाजवादी मोर्चामा रहेका दलहरुसंग कुनै हालतमा गठबन्धन नहुने बताएका छन् । उनले गठबन्धन भए पार्टी एक नरहने स्पष्ट पारे ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले २०८४ मा चुनावमा गठबन्धनमा जाँदै नजाने भन्दै त्यस्तो कसैले कल्पनै नगरे हुन्छ भने । गठबन्धन गरेर जान्छु भनेर कसैले भन्छ भने नेपाली कांग्रेस पार्टी एक रहने कल्पना पनि नगरे हुन्छ, क्लियर कुरा गर्दिएको छु। त्यसमा कुनै अलमल छैन– थापाले भने ।
अहिले प्रधानमन्त्रीले राम्रो काम गरेजति आफूले र नराम्रोजति कांग्रेसको कारणले भनिरहेको भन्दै उनले मन्त्रीहरुले नै कांग्रेसको कारणले काम गर्न नसकेको भनेर समाचार लेखाइरहेको बताए।
उनले राष्ट्रिय सहमतिको सरकार बनाउँदा झन् धेरै भाग लगाउनुपर्ने भएकाले त्यसो गर्न नहुने उनको भनाइ छ। जतिसमय जुन पार्टीले चलाउँछ एक्लै चलाउन दिनुपर्ने उनले बताए।