© २०२३
बुटवल,२ कात्तिक । लुम्बिनी केबलकार लिमिटेड र आधुनिक समाज डेन्टल बुटवलबीच एक अर्काको टिकट शुल्कमा छुट दिने गरी सम्झौता भएको छ । लुम्बिनी केबल कारले सामाजिक उत्तरदायित्व अन्तरगत मुख स्वास्थ्यलार्इ महत्व दिंदै सामाजिक रुपमा काम गर्ने उद्देश्यले समझौता गरेको हो । यो सम्झौतामा लुम्बिनी केबलकारमा यात्रा गर्ने यात्रुलाई आधुनिक समाज डेन्टलमा उपचार गरेको टिकट देखाएको खण्डमा निःशुल्क टिकट काटी चेक जाँच तथा आभारभुत उपचारमा अधिकतम २५ प्रतिशत सम्म छुट दिने सम्झौता भएको छ । यस्तै लुम्बिनी केवलकारले आधुनिक समाज डेन्टलमा उपचार गरेका तथा स्वस्थ मुख परिवारमा आबद्द आफ्ना बिरामी तथा सदस्यलाइ १० प्रतिशतसम्म छुट दिने छ । यसैगरी लुम्बिनी केवलकारले लुम्बिनी प्रदेशको कुनै पनि स्थानमा दन्त स्वास्थ्य शिबिर सन्चालन गर्दा प्राबिधिक सहयोग नि शुल्क गर्ने गरि सम्झौता गरेको छ । सम्झौता पत्रमा लुम्बिनी केबलकारका अपरेशन म्यानेजर डिएन कायस्थ सैंजू र आधुनिक समाज डेन्टलका सञ्चालक अमृत भुसालले हस्ताक्षर गरेका छन् ।
दांत तथा मुख स्वास्थ्यलाई विशेष महत्व दिंदै आधुनिक समाज डेन्टलले समुदाय स्तरमा अभियान नै सञ्चालन गरेकाले लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकारसंग पनि सहकार्य गरेको भुसालले बताए ।