© २०२३
काठमाडौ,२ कात्तिक । नेपाली कांग्रेस महामन्त्री गगन थापाले तीनै तहका सरकारमा रहेको आफ्नो पार्टीका नेता कार्यकर्तालाई २०८४ को चुनावमा मा हारिन्छ कि भनेर किन चिन्ता गरेको भन्दै प्रश्न गरेका छन् ।
चुनावअघि गठबन्धन गर्ने कुरा सैद्धान्तिक हिसाबले गलत भएको भन्दै महासमिति बैठकले यसबारे धारण बनाउनुपर्ने महामन्त्री थापाले बताए ।
नेपाल प्रेस युनियन काठमाडौँद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम उनले पार्टीभित्रको समस्या र अन्यायबारे आगामी महासमिति बैठकमा गम्भीर छलफल हुने बताए । उनले जनयुद्ध दिवस कांग्रेसलाई मान्य नहुने बताए । फागुन १ गते जनयुद्ध दिवसका रुपमा कांग्रेस मान्दैन । त्यो माओवादी पार्टीको कुरा हो । हामी मान्दैनौँ – उनले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रा काम आफूले र नराम्रो काम कांग्रेस गरेको आरोप लगाएको उनको भनाइ छ ।