© २०२३
पाल्पा १ कात्तिक ।
कृषि ज्ञान केन्द्र पाल्पाले चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । चालु आर्थिक बर्षको लागि ४ करोड ३७ लाख रुपैया बराबरको कार्यक्रम र बजेट ज्ञान केन्द्रकी कार्यालय प्रमुख कामना अधिकारीले सार्वजनिक गरिन् ।
बजेट तथा योजना सार्वजनिक कार्यक्रममा प्रदेश सांसद पुर्व मन्त्री विर बहादुर रानाले पाल्पाको विकास र रोजगारी कृषि कर्म बाटै संभव भएकोले युवालाई कृषिमा सिकाउने, टिकाउने, र विकाउने गरी कार्यक्रमहरु बनाउनु पर्नेमा जोड दिए । १२ महिना चल्ने कृषि सडक, उत्पादन भएका कृषि उपजहरु बजारीकरण गर्नेमा स्थानीय सरकारले ध्यान दिनुपर्ने प्रदेश सांसद रानाले बताए । कार्यक्रममा प्रदेश सांसद राजु प्रसाद श्रेष्ठले देश कृषि प्रधान भन्ने तर बजेट सवैभन्दा न्युन विनियोजन गर्ने केन्द्रिय सरकार बाट नै कृषिमा ध्यान नदिएको गुनासो गरे । प्रदेश सांसद खेम बहादुर सारुले कृषि उत्पादन बढाउन, बजारीकरण गर्न र कृषक लाई कृषि पेशामा निरन्तर टिकाउन प्रदेश सरकार बाट गर्नुपर्ने काम कर्तव्य तथा ऐन नियम बनाउनु विषयमा सुझाव दिन अनुरोध गरे ।
कार्यक्रममा उठेका गुनासा तथा जिज्ञासाहरुको जवाफ दिदै कार्यालय प्रमुख अधिकारीले पाल्पामा उत्पादन संगै बजारीकरण राम्रो संग भएको, अदुवा प्रशोसनको काम निस्दी गाउँपालिकामा शुरु भएको बताईन् । हाल १५ जना कर्मचारी दरवन्दी रहेपनि कार्यालय ३ जनाले चलाउनु परेकोले कर्मचारीहरुको चाडो पदपुर्तिको लागी पहल गरिदिन प्रदेश सांसद लाई कार्यालय प्रमुख अधिकारीले अनुरोध गरिन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाललले गाउँ ठाउँमा पुग्दा खेतीयोग्य जमिन दिनहु बाँझिदै गएको देखिने, युवाहरुलाई कृषि कर्ममा आकषर््िात गर्न नसक्दा उत्पादन घट्दै गएको बताए ।