ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

सैनामैनाको मुर्गियामा दसैं सस्तो बजार सञ्चालन

१ कार्तिक २०८०, बुधबार
१ कार्तिक २०८०, बुधबार

सैनामैना, १ कात्तिक । सैनामैना व्यापार संघको आयोजनामा मुर्गियामा दसैं सस्तो बजार सञ्चालन गरिएको छ । राजमार्ग किनारको खाली ठाउँमा दैनिक उपभोग्य वस्तुहरुको मूल्यसूचिसहित सुरु भएको सस्तो बजार तीन दिनसम्म चल्नेछ ।
सस्तो बजारको बुधबार बिहान एक समारोहबीच सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र शर्माले शुभारम्भ गरे । प्रमुख शर्माले सस्तो बजारमा राखिएको उपभोग्य सामान खरिद गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।
व्यापार संघले सस्तो बजार सुभारम्भकै अवसरमा दसैं, तिहारलगतका पर्वहरुको शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेको थियो । सोही कार्यक्रममा बोल्दै प्रमुख शर्माले उपभोक्ताको हीत र सुविधालाई मध्यनजर गर्दै सस्तो बजार सञ्चालन गरेकोमा व्यापार संघलाई धन्यवाद ज्ञापन दिए ।
प्रमुख शर्माले नगरपालिकाले करको दायरा बढाएको र संगसंगै सुविधा र प्रोत्साहनका समेत कार्यक्रम सञ्चालन गरेको बताउँदै निजी क्षेत्रको सहकार्यबाटै समृद्ध सैनामैना निर्माण गर्न सकिने बताए ।
कार्यक्रममा नगरपालिकाका संस्थापक प्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाले उत्पादनमूलक क्षेत्रमा र खाद्य प्रशोधन उद्योग खोल्नेतर्फ दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए ।
व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेलले यसक्षेत्रका आम उपभोक्ताहरुमा केही भएपनि राहत र सहज होस् र विभिन्न उत्पादनहरु मूल्यसूचि सहित एकै ठाउँमा किनमेल गर्न सहज होस् भन्ने उद्देश्यले यो तीन दिने सस्तो बजारको आयोजना गरिएको बताए ।
सकेम्म सस्तो होस् र यहाँ आउने उपभोक्तालाई यो तीन दिनमा केही न केही भएपनि सहज होस् भन्ने उद्देश्यले यो सस्तो बजार सञ्चालन गरिएको अध्यक्ष पौडेलले बताए ।
कार्यक्रममा उपप्रमुख तथा बजार अनुगमन समितिका संयोजक बिना राना, उद्योग बाणिज्य संघका अध्यक्ष प्रमेबहादुर खड्का, इलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख प्रदीप पौडेल, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, राजनीतिक दलका नेताहरु, उपभोक्ता हीत संरक्षण मञ्चका अध्यक्ष तथा प्रतिनिधिले शुभकामना व्यक्त गरे ।
सस्तो पसुलमा नुन, तेल, चिनी, मसला, साबुन, सरफ, दाललगायतका दैनिक उपभोग्य सामान राखिएको संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक देवीदत्त सुवेदीले बताए । सकेसम्म सस्तो, सुलभ र सहज तरिकाले यो बजार सञ्चालनको पहल गरिएको सुवेदीको भनाइ छ ।
चाडपर्वका अवसरमा अरु बेला भन्दा धेरै वस्तुको आफन्त, नातेदारहरुको आपसमा जमघट हुने र धेरै वस्तुको उपभोग हुने भएकाले खपत पनि बढ्छ । यहीँ बेलामा किनमेल पनि बढि हुने भएकाले केही दैनिक उपभोग्य वस्तुमा सुलभ मूल्य निर्धारण गरेर यहाँ विक्री वितरणका लागि राखिएको संघका प्रथम उपाध्यक्ष दीपेन्द्र ढकालले बताए ।
उपभोक्ताहरुले सुविधा अनुसार र तोकिएको परिणाममा यहाँबाट सामान किन्न सक्नेगरी प्रबन्ध मिलाइएको बताउँदै संघका महासचिव भीम सुवेदीले हरेक उपभोग्य वस्तुहरुको मूल्यसूचि टाँस गरिए सुलभ दरमा उपलव्ध गराइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?