© २०२३
बुटवल,१ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल आज बिहानै मुस्ताङ गएका छन्।
मंगलबार अचानक बिरामी परेर नर्भिक अस्पताल पुगेका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठीक रहेको चिकित्सकको सल्लाह अनुसार आज बिहानै मुस्ताङ गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
मुस्ताङमा प्रधानमन्त्री दाहालले स्थानीयबासीहरुसँग जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री दाहाल मुस्ताङ आइपुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका सिडिओ जनकराज पन्तले जानकारी दिए। यस क्रममा उनले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग समेत अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।