ट्रेंडिंग:

>> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ?

कैलालीको चुरेमा २३ टन क्षमताको ‘कोल्ड च्याम्बर’, सञ्चालनका लागि गाउँपालिकालाई हस्तान्तरण

३० आश्विन २०८०, मंगलवार
३० आश्विन २०८०, मंगलवार

धनगढी, ३० असोज ।

किसानहरूको तरकारी तथा फलफूल सञ्चित गर्ने उद्देश्यले कैलालीको चुरे गाउँपालिकामा २३ टन क्षमताको कोल्ड च्याम्बर सञ्चालनमा आउने भएको छ । सुदूरपश्चिम प्रदेशको कृषि विकास निर्देशनालयले गाउँपालिकाको वडा नम्बर ३ क्रसर डाँडामा कोल्ड च्याम्बरको पूर्वाधार तयार गरी सञ्चालनका लागि चुरे गाउँपालिकालाई सोमवार एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ ।

५१ लाख १६ हजार २ सय ८४ रुपैयाँको लागतमा चन्द्र बिकास यज्ञ लक्ष्मी निर्माण सेवा धनगढीले तयार गरेको भवन गत साउन १३ गते निर्देशनालयलाई हस्तान्तरण गरेको थियो । निर्देशनालयले भवनको उद्घाटन गर्दै सञ्चालनका लागि गाउँपालिकालाई जिम्मा दिएको हो ।

कोल्ड च्याम्वरको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री रामेश्वर चौधरीले कृषि उत्पादनको उर्वर भूमि चुरे क्षेत्रमा कोल्ड च्याम्वर अत्यावश्यक रहेको बताए । जेनरेटरबाट सञ्चालन गर्दा एक दिनमै १० हजारको डिजेल लाग्ने भएकाले बिजुली जडानको विकल्प नभएको उनको भनाइ छ ।

‘तरकार फलफूल र जडिवुटीका लागि यो सम्भावना बोकेको स्थान हो । कृषकहरूको उत्पादनलाई खेर जान नदिन हामीले यो अवधारणा लिएका हौँ । चुरेमा कफीको पनि राम्रो सम्भावना छ । यसका लागि पनि हामीले कार्यक्रम बनाएर उत्पादनमा जोड दिनुपर्छ,’ मन्त्री चौधरीले भने ।

मन्त्रालयका सचिव डा. मदनराज धामीले कोल्ड च्यामबर यथाशीघ्र सञ्चालनमा ल्याइनुपर्ने बताए ।

‘हामीले भवन र प्रविधि तयार गरी प्रदान गरेका छौँ । अव गाउँपालिकाले कृषकहरूले सेवा पाउने गरी तत्काल सञ्चालनमा ल्याउनु पर्छ यसका लागि मन्त्रालयबाट के गर्नु पर्छ हामी तयार छौँ,’ सचिव धामीले भने ।

कोल्ड च्याम्वर भवनको साँचो हस्तान्तरण गर्दै कृषि विकास निर्देशक यज्ञराज जोशीले यसको संरक्षण र सञ्चालनको दायित्व पालिकाको रहेको बताए । कृषकका तरकारी तथा फलफूल सङ्कलन र बजारीकरणका लागि उपयुक्त स्थानमा च्याम्बर बनाइएको बताउँदै जोशीले चुरेका कृषकहरूले यसबाट प्रशस्त लाभ पाउने जानकारी दिए ।

‘चुरेमा उत्पादन भएको तरकारी फलफूलले कैलाली–कञ्चनपुरको माग पुरा गर्न सक्छ । यहाँको मुख्य समस्या उत्पादित तरकारी समयमै बजार सम्म पु¥याउन नसक्नु हो । यहीँ समस्यालाई मध्यनजर गर्दै हामीले च्याम्बर निर्माण गरेका हौँ । आवश्यकताको आधारमा यहाँ कोल्ड च्यामबर थप गर्न सकिन्छ । जग्गा प्रशस्त छ । अव गाउँपालिकाले सञ्चालन गर्छ । यसमा प्राविधिक र आर्थिक सहयोग हामी गर्न तयार छौँ,’ निर्देशक जोशीले भने ।

कार्यविधि तयार गरेर कोल्ड च्याम्बर सञ्चालन गरिने चुरे गाउँपालिका अध्यक्ष चक्र बोगटीले बताए । ‘कृषि विकास निर्देशनालयले हामीलाई हस्तान्तरण गरेको छ । बिजुली जडान, शौचालय निर्माण लगायतका काम बाँकी छ । सञ्चालनका लागि आवश्यक जनशक्तिको पनि व्यवस्थापन गर्न बाँकी छ । यथाशीघ्र सञ्चालनका लागि हामी प्रयासमा छौँ,‘ गाउँपालिका अध्यक्ष बोगटीले भने ।

कोल्ड च्याम्बर सञ्चालनमा आउने भएपछि चुरेका कृषक हर्षित बनेका छन् । जोगाउन नसकेर खेर गइरहेको तरकारी फलफूलबाट मूल्य पाइने अपेक्षामा उनीहरू छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission