© २०२३
बुटवल, ३० असोज ।
लियो क्लव अफ बुटवल मणिमुकुन्द युथको ४१ औं नियमित वैठक एवं विजयादशमी, शुभ दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा उत्कृष्ट कार्यसम्पादन मूल्यांकनको आधारमा ५ जना सदस्यहरूलाई सम्मान गरिएको छ । जसमा लियो अफ द मन्थ जुलाई अवार्ड आशिष अधिकारी, लियो अफ द मन्थ अगस्त अवार्ड सुरेश पोखरेल र लियो अफ द मन्थ सेप्टेम्वर अवार्ड राहुल कोहारलाई प्रदान गरिएको छ । त्यसैगरी सोही कार्यक्रममा प्रथम त्रैमासिकमा उत्कृष्ट अवार्ड अविनाश पल्लि मगरले प्राप्त गरेका छन् भने मस्ट पार्टीसिपेटिङ अवार्ड नविन पौडेलले प्राप्त गरेका छन् ।
लियो क्लव अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष काशीराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ पि नेपालका एलसिएफ कोअर्डिनेटर सन्दिप कसौधनले विभिन्न चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै लायन्स तथा लियो क्लवहरुले सामाजिक र रचनात्मक कार्यहरुमा अफूलाई अग्रसर बनाउँदै लगेको बताएका थिए ।
कार्यक्रममा लियो जिल्ला परिषद ३२५ पि नेपालको उपाध्यक्ष श्रद्धा कुँवर, लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक २३५ पि नेपालका डिष्ट्रिक डिपार्टमेन्ट मेम्वर सन्तोषमान सिमनगैडा, लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष थानेश्वर अर्याल, लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालका डिष्ट्रिक प्रोग्राम मेम्वर भोजराज पोखरेल, लियो जिल्ला परिषद ३२५ पि नेपालका सचिव श्रिधर बस्याल, संस्थापक अध्यक्ष तथा लियो जिल्ला परिषदका वरिष्ठ डिष्ट्रिक प्रेसिडेन्ट सल्लाहकार सन्तोष खरेल, एरिया सिद्दबाबाका एरिया प्रमुख केशव पाण्डे, एरिया लुम्बिनीका एरिया प्रमुख सुमन पौडेल, रिजन कोर्डिनेटर सुनिल कुवँर, जिल्ला परिषदका कार्यकारी सचिव श्रीधर कुँवर, लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथका सचिव प्रभात जि.सि., लियो क्लव अफ बुटवल गोल्डेन जुब्लिका अध्यक्ष जिवन थापा, सचिव इसा अर्याल, निवर्तमान अध्यक्ष अमृत बस्याल लगायत, सन्देश बेलबासे, रविन सुनार, गणुश गिरी, टेकराज खरेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा उमेर हदका कारण लियोको कार्यकारी पदमा बस्न नमिल्ने लियोहरुलाई ससम्मान बिदाइ गरिनुका साथै नवआगन्तुक १४ जना लियोहरुलाई सदस्यता प्रमाणपत्र सहित स्वागत गरिएको थियो ।
सोही अवसरमा क्लबमा बोर्ड समितिमा रहेका सम्पूर्ण १८ जना लियोहरुलाई नियुक्ति प्रमाण पत्र पनि प्रदान गरिएको छ ।