© २०२३
बुटवल, २९ असोज । रुपन्देही उद्योग संघले स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार पत्रकार शेरबहादुर केसीलाई प्रदान गरिएको छ । संघको २३ औं अधिवेशनको उद्घाटन समारोहमा केसीलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी ४५ हजार १५५ रुपैयां रहेको छ । केसीलाई पुर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल,संघका अध्यक्ष माधव पौडेलले चेक र प्रमाणपत्र प्रदान गरे ।
नेपाल पत्रकार महासंघ रुपन्देही संगको सहकार्यमा संघले २०५७ सालमा यो पुरस्कार स्थापना गरेको थियो । पुरस्कृत हुने पत्रकार छनोटका लागि नेपाल पत्रकार महासंघ रुपन्देहीले महासंघका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईको संयोजकत्वमा पत्रकार दामोदर खनाल र रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष बाबुराम बोहोरा सदस्य रहेको मूल्यांकन समिति गठन गरेको थियो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष समेत रहेका केसी लुम्बिनी दैनिकका सम्पादक हुन् ।