© २०२३
बुटवल,२९ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते विश्वासको मत लिने भएका छन्।
कात्तिक १ गते बस्ने प्रदेशसभा बैठकमा कार्कीले विश्वासको मत लिने तयारी गरेका हुन्।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावको सूचना आज प्रदेशसभा सचिवलाई दिइने कोशी प्रदेश सरकारका प्रवक्ता शम्शेर राईले जानकारी दिए।
यहि असोज २० गते स्थगित भएको कोशी प्रदेशसभाको बैठक आगामी बुधबार १ कात्तिकका लागि बोलाइएको छ।
बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनेछन्। बैठक बस्नुअघि उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफलको तयारी गरेका छन्। कार्कीलाई कांग्रेसका ७ र एमालेको ३९ जना सांसदको समर्थन छ ।