© २०२३
नवलपुर, २९ असोज ।
पुर्वी नवलपरासीको नवलपुर जिल्लामा दशै, तिहार, छठलगायतका चाडपर्व नजिकिएसँगै सार्वजनिक सवारी साधनमाथि निगरानी बढाउने उद्देश्यले नवलपुरको ६ ठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ ।
चाडपर्वलाई लक्षित गरेर नवलपुर जिल्लाको गैँडाकोट– २ पुलको नजिक, देवचुली – १३ दलदले चोक, कावासोतीको फलफुल चोक, विनय त्रिवेणी गाउँपालिकाको ज्यामीरे र बिनय त्रिवेणी गाउँपालिका, नेपाल–भारत सिमानाका व्यारेजपुलमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रवाह सुरू भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद प्रसाद पौडेलले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालयले एक कार्यक्रमको आयोजना गरी यात्रा सहायता कक्षको उद्घाटन गरी संचालनमा ल्याएको हो ।
चाडपर्व मनाउन मुलुकका विभिन्न स्थानबाट सार्वजनिक सवारीको प्रयोग गरेर आजतजावत गर्ने यात्रुको सुविधालाई मध्यनजर गर्दै प्रहरीले सडकमा निगरानी बढाएको हो ।
यात्राका क्रममा यात्रुलाई आइपर्ने सम्भावित समस्यालाई तत्काल सम्बोधन गर्ने उद्देश्यका साथ ठाउँठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेर सञ्चालनमा ल्याइएको प्रवक्ता पौडेलले बताए ।