ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

विद्यार्थी आन्दोलनले युनिभर्सल मेडिकल कलेजमा उपचार सेवा ठप्प

२९ आश्विन २०८०, सोमबार
२९ आश्विन २०८०, सोमबार

भैरहवा, २९ असोज । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस) एण्ड टिचिङ हस्पिटलमा विद्यार्थीको आन्दोलनले पठनपाठन र उपचार सेवा पूर्णरुपमा बन्द भएको छ । कलेज प्रशासनले आन्दोलनरत विद्यार्थीका माग सम्बोधन गर्नुको साटो प्रहरी प्रशासन लगाएर हस्तक्षेप गर्दा ‘असुरक्षित र मानसिकरुपमा विक्षिप्त’ भएको दावी गर्दै आवासीय चिकित्सकहरुले अस्पतालमा कुनै पनि उपचार सेवामा सहभागी नहुने जनाएका छन् । एमबीबएिस र बीडीएस अन्ययनरत तथा इन्टर्न डाक्टरहरु समेत करिब ६ सय विद्यार्थीको आन्दोलनमा आवासीय चिकित्सकले समेत समर्थन जनाएका हुन् ।
आइतबार आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच वार्ता भइरहेको समयमा माग सम्बोधन नगरी प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई भगाएर लगिएको र विद्यार्थीमाथि बल प्रयोग गरी केही विद्यार्थीलाई घाइते बनाएको विद्यार्थीको आरोप छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहलमा चार घण्टा बढी समय भएको वार्ता विना निश्कर्ष टुंगिएपछि विद्यार्थीहरुले आन्दोलन थप चर्काउने र रिले अनसन बस्ने बताएका छन् । आवासीय चिकित्सकहरुले विद्यार्थीको आन्दोलनमा समर्थन जनाउंदै विरामीको उपचार नगर्ने घोषणा गरेका हुन् । विद्यार्थीहरुले माग पूरा गर्न दवावस्वरुप रिले अनसन बस्ने बताएका छन् । विद्यार्थी र चिकित्सकको आन्दोलनले विरामीहरु उपचार सेवाबाट बञ्चित भएका छन् ।

प्रिन्सिपलमा नियुक्त भएर आएपछि डा. पाठकले एमबीबीएस तेस्रो, चौथो र पाँचौँ वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीहरूका लागि नयाँ ड्रेसकोड लागू गरेकी थिइन् । विद्यार्थीहरूले उक्त ड्रेसकोड मान्य नहुने भन्दै विरोध जनाएका थिए । पाठकले सबै विद्यार्थीहरूका लागि पाइन्ट र सर्टको व्यवस्था गरेकी थिइन् । तर, महिला विद्यार्थीहरूले लामो समयसम्म पाइन्ट र सर्ट लगाएर इन्टर्न गर्न नसकिने भन्दै विरोध जनाएका थिए । त्यसरी विरोध जनाउने अन्तिम वर्षका विद्यार्थीहरूलाई परीक्षामा समेत रोक लगाएको विद्यार्थीहरूको भनाइ छ ।
चौथो वर्ष एमबीबीएसमा अध्ययनरत छात्र छात्राहरूलाई मात्र १ वर्षको लागि लागू हुने गरी नयाँ ड्रेसको नियम लागू भएको हो । शुरूमा सामान्य जस्तै देखिएको यो विषय पछि गएर विद्यार्थीहरूले पाठकको नै राजीनामा माग्न थालेका थिए ।
उनीहरूले प्रिन्सिपलले राजीनामा दिनुपर्ने, नयाँ ड्रेसकोड लागु नगरी पहिलेको जस्तै यथावत राख्नुपर्ने, इन्टर्नसीपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका माग गर्दै एक सातादेखि आन्दोलनरत छन् ।
माग पूरा नभएसम्म कलेज र अस्पतालमा शैक्षिक गतिविधि र उपचार सेवामा सहभागी नहुने विद्यार्थीहरुको अडान छ । एमबीबएिस र बीडीएस अन्ययनरत करिब ६ सय विद्यार्थीको आन्दोलनमा आवासीय चिकित्सकले समेत समर्थन जनाएका हुन् ।


रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आफूले समस्या समाधानका लागि सर्वदलीय,सर्वपक्षीय वैठक राखेर गरेको निर्णय अनुसार प्रिन्सिपल पाठकलाई ‘बन्धक’ अवस्थाबाट मुक्त गरेको बताए । आइतबार पनि विद्यार्थीहरुसंग ५ घण्टा वार्ता गर्दा पनि विद्यार्थीहरु प्रिन्सिपल पाठकलाई ‘बन्धक’ अवस्थाबाट मुक्त गर्न नमानेपछि मागका सम्बन्धमा वार्ता गर्दै जाने तर प्रिन्सिपललाई त्यो अवस्थामा राखिराख्न हुंदैन भनेर मुक्त गरिएको बताए । प्रिन्सिपल पाठकलाई कलेजको पाचौं तलाबाट विद्यार्थीहरुले नै वार्तास्थलमा ल्याएको उनले बताए । विद्यार्थीका मागहरु जायज भएकाले कलेज प्रशासनले माग सम्बोधन गरी पठनपाठन र उपचार सेवा सुचारु गर्नेतर्फ ढिला गर्न नहुने सुझाव आफूले दिएको अर्यालले बताए । विद्यार्थीहरुले आरोप लगाए जस्तो प्रशासनले बल प्रयोग र हस्तक्षेप नगरेको उनले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?