© २०२३
बुटवल (बुटवलटुडे), २९ असोज । लायन्स क्लव अफ बुटवल बेलबास सृजनशिल र लायन्स क्लव अफ बुटवल वेष्टको संयुक्त आयोजानमा विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान तथा आफूभन्दा कम भाग्यमानीभएका (दृष्टिविहिन) महिलाहरूलाई सम्मान सहि पोषाक वितरण गरेको छ । बेलबासमा एक विशेष कार्यक्रम गरि ४ जना दृष्टिविहीनता भएका महिलाहरूलाई पोषाक वितरण गरिएको हो ।
लायन्स क्लव अफ बुटवल वेष्टका कार्यवाहक अध्यक्ष अमर थापा का अनुसार लायन्स ईन्टरनेशनल डिष्ट्रिक कोडीनेटर एमजेएफ सन्दीप कसौधन क्लवले सामाजिक क्षेत्रमा उदाहरणीय काम गरेको बताएका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष बेद प्रसाद गैरे ले क्लवले विभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आएको जानकारी दिँदै यहि कार्तिक २ गते आँखा शिविर आयोजना गर्ने जानकारी दिए । बेलबास सृजनशिलका अध्यक्ष बिमला गैरेका अनुसार दृष्टिविहिनता भएका महिलाहरू संगीता बिक, निर्मला सुनार, लालिका पुन, विनिता डाँगी लाई लत्ता कपडा प्रदान गरिएको हो ।
कार्यक्रममा एरिया चिफ कोर्डनेटर कल्पना सिवाकोटी (पोखरेल), एरिया सेक्रेटरी एमजेएफ डा. शान्ता शर्मा, रिजनल चियर पर्सन बिमला गैरे लगायतले शुभकामना दिएका थिए । लायन्य क्लव अफ बुटवलबेलबास वेष्टका सचिव गीता बन्जाडेका अनुसार भाईस प्रेसिडेन्ट रूपा कण्डेल स्वागत गर्दै कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेकी हुन । कार्यक्रममा राष्ट्रिय झण्डाको अभिवादन पवित्रा गौलीको रहेको थियो । कार्यक्रममा सहभागी अतिथिहरूले शुभकामना आदान –प्रदान गरेका थिए ।