© २०२३
सुनवल, २८ असोज
पश्चिम नवलपरासीको पाल्हीनन्दनबाट प्रहरीले झन्डै १० लाख बराबरको औषधि बरामद गरेको छ । अवैध रुपमा भारतबाट भित्र्याईएको ९ लाख ८१ हजार बराबरको औषधि प्रहरीले पाल्हीनन्दन १ बन्धाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले बताए ।
ईलाका प्रहरी कार्यालय महेशपुरको टोलीलाई देखेपछि अवैध रुपमा विभिन्न प्रकारका औषधि बोकेर पैदल आउँदै गरेका व्यक्ति सोही स्थानमा औषधिको कार्टुन छाडेर भागेको प्रहरीले जनाएको छ ।
बरामद औषधि आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको छ ।