© २०२३
बुटवल, २८ असोज ।
लायन्स क्लव अफ बुटवल मेट्रोसिटीले यस क्षेत्रमा पहिलो पटक शिक्षाका लागि अभिभावकत्व कार्यक्रम घोषणा गरेको छ । स्थापना कालदेखि नै विभिन्न रचनात्मक कार्यक्रम गर्दै समाजमा उदाहरणीय क्लवको रुपमा पहिचान बनाएको लायन्स क्लव अफ बुटवल मेट्रोसिटीले ‘शिक्षाका लागि अभिभावकत्व कार्यक्रम’ घोषणा गरेको हो ।
शनिवार साँझ बुटवलमा आयोजना गरिएको ‘लायन्स अफ बुटवल मेट्रोसिटी नाईट्स ’ कार्यक्रममा उक्त घोषणा गरिएको हो । क्लवका अध्यक्ष ईन्जिनियर गोविन्द प्रसाद लामिछानेले बुटवल उपमहानगरपालिका वडा नम्बर ११ को नहरपुरमा रहेको नहरपुर माविका ३ जना विपन्न विद्यार्थीहरुलाई प्राथमिक तह देखि कक्षा १२ सम्मको लागि चाहिने सबै शैक्षिक खर्च व्यहोर्ने गरी शिक्षाका लागि अभिभावकत्व घोषणा गरेका हुन् ।
जसमा कुल २ लाख ५० हजार रुपैयाँ बराबरको अक्षयकोष निर्माण गरिने छ । शिक्षाका लागि अभिभावत्वक कार्यक्रमका संयोजक लियो क्लव अफ बुटवल मेट्रोसिटीका संस्थापक अध्यक्ष समेत रहेका लायन्स मनोज गौतमका अनुसार २ लाख ५० हजार रुपैयाँबाट आउने व्याजको रकम बाट ३ जना विद्यार्थीको लागि सम्पूर्ण शैक्षिक सामग्रीमा रकम खर्च गरिने छ ।
मेट्रोसिटी नाईट कार्यक्रममा बोल्दै लायन्स डिष्ट्रिक ३२५ पी नेपालका गभर्नर अर्जुनमान सैजुले क्लवले ऐतिहासिक कार्यक्रम गर्न सफल भएको बताए । सामाजिक सेवाभावले स्थापना भएका लायन्स क्लवले समाजमा रचनात्मक कार्यक्रम गर्नुपर्ने भन्दै यसको लागि यसमा युवाहरुको रचनात्मक कार्यको अन्य क्ववले पनि सिको गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ पी नेपालका निर्वतनमान अध्यक्ष नवराज न्यौपाने, डिष्ट्रिक प्रथम उपाध्यक्ष पुराशोत्तमभक्त प्रधनांङ्ग, द्वितीय उपाध्यक्ष बालाराम भटट्राई, सचिव विनोद खरेल, कोषाध्यक्ष दिनेश प्रसाद श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा लोक दोहोरी गायक प्रचण्ड जिसी सहितको समुहले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको थियो । कार्यक्रमको संयोजक प्रथम उपाध्यक्ष प्रदिप जिसी, सचिव सागर अधिकारी लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।