© २०२३
बुटवल,२८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। नेपाली कांग्रेसबाट १ र नेकपा एमालेबाट १ जना मन्त्रीलाई उनले आइतबार नियुक्त गरेका हुन्।
शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले सुरुमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शपथ लिए लगत्तै एमालेबाट राम राना र कांग्रेसबाट शमशेर राईलाई मन्त्रीको शपथ गराएका हुन्। राई र रानाको मन्त्रालय भने तोकिएको छैन। कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन्।
नेकपा एमालेसहितको समर्थनमा कार्कीलाई शनिबार प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरेका थिए ।
मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले पनि दाबी गरेका थिए। तर कांग्रेसका ७ सांसदले
कार्कीलाई साथ दिएपछि आङबोको पक्षमा वहुमत पुगेको थिएन ।