© २०२३
बुटवल,२८ असोज । एसीसी यू १९ प्रिमियर कपमा दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको छ । जितसंगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । नेपालले पहिलो खेलमा इरानमाथि २७४ रनको फराकिलो जित निकालेको थियो ।
समूह ए मा रहेका नेपाल र साउदी दुवैले पहिलो खेलमा जित निकालेका छन् । पहिलो खेलमा फराकिलो जित निकालेको नेपाल हालसम्म समूहको शीर्ष स्थानमा रहेको छ । साउदीले आज इरानसँग खेल्दैछ ।
नेपालले समूह चरणको अन्तिम खेल साउदी अरेबीयासँग कात्तिक २ गते खेल्नेछ ।
देव खनाल र अर्जुन कुमालको ६८ रनको सम्हालिएको अर्धशतकीय साझेदारीसहित नेपालले दोस्रो जित दर्ता गरेको हो ।
७८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाले ११.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । खेलमा अर्जुन र देव दुवैले समान ३२–३२ रन बनाए ।
बहराइनका लागि अनस ओबैड सैदले तीन विकेट लिए । उनले चार ओभरमा २६ रन खर्चिएका हुन् ।
बायुमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको बहराइन ३७.५ ओभरमा ७७ रनमा अलआउट भएको हो ।
त्यसअघि, ब्याटिङ गरेको बहराइनका लागि माहम्मद वसिल अब्दुल हकिमले सर्वाधिक ३४ रन बनाउँदै दुर्गेश गुप्ताबाट बोलड आउट भए । उनले ७७ बलमा एक चौका र दुई छक्का प्रहार गरेका हुन् ।
आजको खेलमा ९.५ ओभरमा ८ ओभर मेडन गराउँदै ४ रन मात्रै खर्चेर ६ विकेट लिएका दीपेश नायक बने । दुर्गेशले भने ८ ओभर बलिङ गर्दै १ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिए ।