ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

पत्रकार शुद्धिकरण सूचिप्रति आपत्ति जनाउंदै तत्काल सच्याउन प्रेस चौतारीको माग

२७ आश्विन २०८०, शनिबार
२७ आश्विन २०८०, शनिबार

काठमाडौं,२७ असोज । पत्रकार महासंघको सदस्यता शुद्धिकरण तथा नयां सदस्यता सूचिप्रति आपत्ति जनाउंदै तत्काल सच्याउन प्रेस चौतारी नेपालले माग गरेको छ । प्रेस चौतारी नेपालको सचिवालयको शनिबार बसेको आकस्मिक बैठकले नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीको नाममा २६ असोजमा जारी विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण जनाउंदै सूचि सचयाउन माग गरेको हो ।
वैठकपछि प्रेस चौतारीका महासचिव हिरा लामाले जारी गरेको विज्ञप्तिमा शुद्धीकरण समितिले निर्धारण गरेको मापदण्ड अनुसार प्रदेश समितिबाट प्रस्तावित सदस्यका नाम सार्वजनिक गरिएको भनी दाबी गरिएको महासंघका सदस्यहरुको सूची देखेर प्रेस चौतारी नेपाल आश्चर्यचकित भएको उल्लेख छ । श्रमजीवी पत्रकारहरुलाई सदस्यता प्राप्ति र नवीकरणबाट बञ्चित गरेर जारी गरिएको सूचीप्रति प्रेस चौतारी नेपालले आपत्ति प्रकट गरेको छ । महासंघलाई व्यावसायिक तथा श्रमजीवी पत्रकारहरुको संगठन नभई कुनै अमूक राजनीतिक दल र समूहको भातृ संगठनको रुपमा बदल्ने प्रयास गरिनु बिडम्बनापूर्ण छ । यो अग्रजहरुको कष्टसाध्य संघर्ष, योगदान र बलिदानबाट स्थापित आम नागरिकहरुको पनि भरोषायोग्य संगठनको गरिमा र सामाजिक स्वीकारोक्तिलाई कमजोर बनाउने प्रयास हो ।
नेपाल पत्रकार महासंघका सदस्यलाई शुद्धीकरण गर्दै व्यावसायिक तथा श्रमजीवी पत्रकारहरुको साझा र गौरवमय संगठनको रुपमा विकास गर्न प्रेस चौतारी दृढ रहेको पुनः स्मरण गराउंदै नेपाल पत्रकार महासंघले निर्धारण गरेका १५ बूँदे मापदण्ड, नेपाल पत्रकार महासंघको सुर्खेतमा सम्पन्न ९८—९ पुस २०७९० साधारणसभाबाट गरिएको सर्वसम्मत निर्णय, श्रमजीवी पत्रकारहरुको संगठनबीच भएका सहमति र भावना विपरित छ सार्वजनिक सूचि चौतारीलाई मान्य नहुने स्पष्ट पारिएको छ ।


महासंघद्वारा जारी विज्ञप्तिमा सार्वजनिक नाम उपर मात्रै दाबी—विरोध, सफाइको मौका र न्यायका लागि आह्वान गर्ने समय निर्धारण गरिनु गलत भएको चौतारीको भनाई छ । तसर्थ, सार्वजनिक सूचीमा समावेश गरिएका गैर—पत्रकारहरुलाई शुद्धिकरण मापदण्ड अनुसार हटाएर सदस्यता प्राप्ति र नवीकरणबाट बञ्चित क्रियाशिल पत्रकारहरुलाई सूचीमा समावेश गर्न प्रेस चौतारीले माग गरेको छ । अन्यथा, प्रेस चौतारी पत्रकार महासंघको गरिमा रक्षा, गौरवममय विरासतको निरन्तरता र श्रमजीवी पत्रकारहरुको हितरक्षाको निम्ति जस्तोसुकै कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् नेपाल पत्रकार महासंघको वर्तमान नेतृत्व हुने महासचिव हिरामान लामाले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?