ट्रेंडिंग:

>> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’

गौमाता रक्षार्थ महायज्ञ एवं दशै धार्मिक महोत्सव संचालन गरिदै

२७ आश्विन २०८०, शनिबार
२७ आश्विन २०८०, शनिबार

दाङ, २६ असोज ।

गौमाता रक्षाका लागि घोराहीमा महायज्ञ सञ्चालन हुने भएको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजनामा यही असोज २८ गतेदेखि कात्तिक ५ गतेसम्म घोराहीमा महायज्ञ सञ्चालन हुने भएको हो । श्री योगी आदित्यनाथ फाउण्डेशनले तुलसीपुर उपमहानगरपालिका १७ मा सञ्चालन गरेको गौशाला व्यवस्थापन लगायत गाईको आहार व्यवस्थापनका लागि महायज्ञ आयोजना गर्न लागिएको आयोजक मूल समितिका संयोजक एवं श्री योगी आदित्यनाथ फाउण्डेशनका अध्यक्ष भरतनाथ योगीले जानकारी दिए ।

गौशालामा रहेका पाँच सय बढी असहाय, बेसहारा, गौमाताहरुको विगत दुई वर्ष देखि फाउण्डेशनले पालन पोषण गरिरहेको र हरेक दिन बेसहारा गाईहरुको संख्या बढ्दै गएकाले थप व्यवस्थापन गर्न कठिन भएका कारण सबैको सल्लाहमा महायज्ञ सञ्चालन गर्न लागिएको योगीले जानकारी दिए । गौशालामा रहेका गौमाताहरुको संरक्षण तथा बसाई व्यवस्थापन, आहार व्यवस्थापन लगायत राष्ट्रिय जनावर गाईको महत्व समाजमा स्थापित गर्नका लागि “श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती धार्मिक दशै महोत्सव” आयोजना गरिएको र महायज्ञको तयारी तीव्र रुपमा अगाडि बढाईएको मूल आयोजक समितिका संयोजक भरतनाथ योगीले जानकारी दिए ।

महायज्ञका सल्लाहकार समितिका संयोजक डा.भोलानाथ योगीले हिन्दु धर्म अनुसार हरेक घरमा गाई हुनुपर्छ भनिएको तर आधुनिकतासँगै गाई संरक्षणमा ध्यान जान नसक्दा राष्ट्रिय एवं धार्मिक जनावरको संरक्षण एवं व्यवस्थापन गर्न आवश्यक भएको महशुस गरेर यस महायज्ञको आयोजना गरिएको बताए । उनले अन्य महायज्ञभन्दा यो महायज्ञ फरक उद्देश्यले आयोजना गरिएको भन्दै सहयोग गर्न सम्पूर्णमा अनुरोध गरे । महायज्ञको मुख्य वाचकमा अन्तर्राष्ट्रि«य स्वर्ण पदकबाट विभुषित प.ं श्री अमृतशरण देवाचार्य रहेको जानकारी दिए ।

महायज्ञमा करोड दीप प्रज्वलन गरिने

गौमाता रक्षार्थ आयोजना गरिएको महायज्ञ एवं दशै धार्मिक महोत्सवमा करोड दीप प्रज्वलन गरिने भएको छ । ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती धार्मीक दशै महोत्सव’ मा करोड दीप प्रज्वलन हुने आयोजक मूल समितिका संयोजक एवं श्री योगी आदित्यनाथ फाउण्डेशनका अध्यक्ष भरतनाथ योगीले जानकारी दिए । अन्य महायज्ञभन्दा फरक उद्देश्यले आयोजना गरिएकाले यस यज्ञलाई सफल बनाउनका लागि सबैजना आ–आफ्नो स्थानबाट लागि पर्न आयोजक मूल समितिले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission