© २०२३
बुटवल,२६ असोज । लायन्स क्लब अफ बुटवल सयपत्रीले नेपाल अपाङ्ग आश्रम देबीनगरमा खाद्यान्न वितरण गरेको छ । क्लवका अध्यक्ष सृजना श्रेष्ठ,डिस्ट्रीक कोचिफ एड्भाइजर द्वारिका प्रसाद श्रेष्ठको सहभागीतामा आश्रममा आश्रीत अपाङ्गता भएका ४२ जना लाई करिब १ महिना पुग्ने खाद्यान्न सामग्री प्रदान गरिएको हो ।
स्रोह श्राद्धको अवसारमा पितृहरुको सम्झना स्वरुप खद्यान्न वितरण गरिएको क्लवका सचिव रीना भारीले जानकारी दिइन् । आश्रमका अध्यक्ष डोल बहादुर रामदामले लायन्स क्लव सयपत्रीबाट भएको सहयोग उदाहरणीय भएको भन्दै आगामी दिन पनि सहयोको अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा गिता थापा, कार्यक्रम संयोजक लायन माया राई, क्लबका गाइड्लाइन ज्ञानेन्द्र सिमांगैडा, रिजन चेयर पर्सन बिमला गैरे , राधा श्रेष्ठ र बेद प्रसाद गैरे लगायतले लायनस क्लबहरुले निस्वार्थ भावले सामाजिक सेवा गर्नुपर्नेमा जोड दिए ।