Butwal Today

समाजवादी मोर्चा रुपन्देहीको अध्यक्षमा वली

२६ आश्विन २०८०, शुक्रबार
अ+
अ-

बुटवल,२६ असोज । समाजवादी मोर्चा रुपन्देहीको प्रथम भेलाले नेकपाका शरद वलीको अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेको छ ।
मोर्चाको सदस्यहरुमा नेकपाका विरेन्द्र सी र उषा सी, नेकपा माओबादी केन्द्रका निर्मल जि सी, रिज्जु श्रेष्ठ र सन्त कुमार यादव, एकीकृत समाजबादीका श्रीराम यादव, सरिता श्रीष र टंक पोखरेल, जसपाका सियाराम यादव, सुनिता खडलुक र विष्णु अधिकारी रहेका छन ।
भेलाले मोर्चाको पालिका स्तरसम्मका समिति निर्माण गरी मोर्चाका नीति, योजना र कार्यक्रमहरुलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
यस्तै मोर्चाले यही असौज २९ गते नजिकिंदै गरेको दशैतिहारलाई मध्यनजर गर्दै कालाबजारी एवं महंगी नियन्त्रणमा ध्यानाकर्षण सम्बन्धी ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारिलाई बुझाउने निर्णय गर्नुका साथै स्थानीय स्तरमा सबै सामाजिक संघसंस्थासंग सहकार्य गरेर कार्यक्रम गर्ने निर्णय गरेको नेकपा रुपन्देही सेक्रेटेरी बिरेन्द्र सीले जानकारी दिए ।