ट्रेंडिंग:

>> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली

राष्ट्रपति, देउवा र प्रचण्डलाई शेखरको जवाफ : कोशीमा कार्कीलाई ब्याक गराउन सकिन्न

२६ आश्विन २०८०, शुक्रबार
२६ आश्विन २०८०, शुक्रबार

बुटवल,२६ असोज । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कोशी प्रदेशको मुख्यमन्त्रीको दाबीबाट केदार कार्कीलाई ब्याक गराउन नसक्ने सन्देश पार्टी सभापति शेरबहादुर देउवालाई पठाएका छन् । शुक्रबार विहान सभापति देउवाका विश्वासपत्र नेता ज्ञानेन्द्रबहादुर कार्की र नेता कोइरालाबीच कोशी प्रदेशबारे टेलिफोन संवाद भएको थियो ।
ज्ञानेन्द्रले शेखरलाई केदारले पेस गरेको मुख्यमन्त्री दाबी फिर्ता गराउन आग्रह गरेका थिए । जवाफमा शेखरले त्यो सम्भावनै नरहेको जवाफ दिएका थिए ।
कोशी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउन आफूले राखेको प्रस्तावको बेवस्ता गरेकोमा ज्ञानेन्द्रसँग शेखरको आपत्ति थियो ।
माओवादीलाई तीन वटा प्रदेशमा मुख्यमन्त्री छाड्ने पार्टीको निर्णयमा पनि शेखरले प्रश्न उठाएका थिए ।
गठबन्धन सरकारमा मधेस प्रदेशको नेतृत्व जसपाले गरेको छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार छ । बागमती र कर्णालीमा सरकारको नेतृत्व गरेको माओवादीलाई बिहीबार बसेको गठबन्धनको बैठकले कोशीमा पनि मुख्यमन्त्री दिन निर्णय गरेको थियो ।

यसअघि गठबन्धनमा कोशी प्रदेश कांग्रेसको भागमा परेको थियो । सोही अनुसार कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा दुई पटक मुख्यमन्त्री बने । तर, उनको पहिलो पटकको नियुक्त र दोस्रो पटक विश्वास लिँदाको प्रक्रिया संवैधानिक नभएको सर्वोच्च अदालतले ठहर गरेको थियो ।

उद्धवको विकल्पमा केदार, हिमाल कार्की, अमृत अर्याल र भीम पराजुलीले मुख्यमन्त्रीमा दाबी गरेपछि देउवाले पार्टीभित्रको विवाद पन्छाउन माओवादीलाई मुख्यमन्त्री दिने निधो गरेका थिए । त्यसको विरुद्धमा केदार कार्कीले एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी पेस गरेपछि गठबन्धन समस्यामा परेको छ ।

बिहीबार प्रदेश प्रमुख परशुराम खापुङ समक्ष शेखर पक्षीय केदार कार्की र माओवादीका इन्द्र आङ्बोले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। केदारले एमालेको समर्थनमा ४७ सांसदको हस्ताक्षर बुझाएका छन् ।

यता आङ्बोले कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाका सासंदको हस्ताक्षर बुझाएका थिए । केदारलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका कांग्रेसका ८ सांसदको पनि समर्थन देखाएर इन्द्रले दाबी पेस गरेकाले उनको दावी कमजोर देखिन्छ ।

गठबन्धनले मुख्यमन्त्रीमा अगाडि सारेका माओवादीका आङ्बोविरुद्ध एमालेको साथ लिएर शेखर पक्षीय केदार उभिएपछि कांग्रेसमा हलचल मच्चिएको छ । शुक्रबार विहान राष्ट्रपति रामचन्द्र पौडेलले पनि शेखरलाई फोन गरेर केदारलाई ब्याक गराउन आग्रह गरेका थिए । पार्टीभित्र सबै मिलेर आफूलाई पेल्न खोजेको भन्दै केदारलाई ब्याक नगराउने राष्ट्रपति पौडेललाई शेखरले जवाफ थियो ।

पार्टी बचाउन केदार कार्कीलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न लगाएको भन्दै ब्याक नहुने शेखरको अडान छ ।
प्रधानमन्त्री प्रचण्डले पनि शेखरलाई फोन गरेर केदारको दाबी फिर्ता गराउन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?