ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

नेपालगञ्जमा भएको आगलागीबाट एक करोड बढीको क्षति

२६ आश्विन २०८०, शुक्रबार
२६ आश्विन २०८०, शुक्रबार

नेपालगञ्ज, २६ असोज ।

नेपालगञ्जको बिपिचोक स्थित फर्निचर पसलहरुमा भएको आगलागीबाट एक करोड बढी क्षति भएको छ । ६ वटा फर्निचर पसल र एउटा किराना तथा नास्ता पसलमा आगलागी हुँदा एक करोड बढीको क्षति भएको हो ।

शुक्रबार विहान करिब साढे ४ बजे विद्युत तार सर्ट भएर नेपालगञ्ज उपमहानगरपालिका ११ बिपि चोक नजिकै गुरुद्वारको अगाडि महबुद जसगढले सञ्चालन गरेको आलिया ट्रेर्डस (काठ फर्निचर) पसलमा विद्युतको तार सर्ट हुनगई एक्कासी आगलागी हुँदा सोही पसलको छेउँमा रहेका अन्य ६ वटा पसल पनि जलेर नष्ट भएको बाँके प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार आगलागीबाट नेपालगञ्ज १२ कोरियनपुर बस्ने महाबुद जसगढले संचालन गरेको आलिया ट्रेर्डस, सोही ठाउँ बस्ने मिठ्ठु खान हुसेनले संचालन गरेको मिठ्ठु रिफ्रेसिङ मोटरसाईकल सेन्टर, नेपालगञ्ज १६ जयसपुर बस्ने बारुदिन जोलाहाले संचालन गरेको वारसी काठ फर्निचर, सोही ठाउँ बस्ने अलिहुसेन अन्सारीले संचालन गरेको सनिया स्टिल फर्निचर, नेपालगञ्ज ११ बस्ने सरिफ शेषले संचालन गरेको गिलमान फर्निचर र बर्दिया बढैयाताल गाउँपालिका ६ बस्ने शान्ति चन्दले संचालन गरेको चिन्टु किराना एण्ड नास्ता पसल पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

यसैगरी नेपालगञ्ज १२ बस्ने हरिराम काश्यपले संचालन गरेको श्री लक्ष्मी स्टिल फर्निचर आंशिक रुपमा क्षति भएको प्रहरीले जनाएको छ । पसलधनीहरुबाट लिएको जानकारी अनुसार अनुसार अनुमानित करिब एक करोड ३ लाख बराबरको क्षति विवरण प्राप्त भएको घटना स्थलमा भेटिएका बाँकेका प्रहरी नायब निरीक्षक पुस्कर बिकले बताए । तर क्षतिको यकिन विवरण पसलधनीले निवेदनमा उल्लेख गरेर पेश गरेपछि मात्र थाहा हुने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले बताए । प्रहरीको वाटरक्यानल, स्थानीय र दमकलको सहयोगमा विहान ५ः५० बजेको समयमा आगो पुर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागी भएका सबै पसलहरु कच्ची देवाल र टिनको छानाबाट निर्माण भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?