ट्रेंडिंग:

>> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित

विश्व बाथरोग दिवसमा वृहत निःशुल्क बाथरोग तथा सुगर परीक्षण शिविर

२५ आश्विन २०८०, बिहीबार
२५ आश्विन २०८०, बिहीबार

बुटवल, २५ असोज ।

लियो क्लव अफ बुटवल मणिमुकुन्द युथ र केरवानी स्वास्थ्य चौकीको सहकार्य, सिक्टहन स्वास्थ्य चौकीको आयोजना र नेशनल बाथरोग सेन्टर बुटवल शाखा र ग्लोरियस हेल्थ केयर प्रालिको प्राविधिक सहयोगमा देवदह १२ स्थित सिक्टहन स्वास्थ्य चौकीमा वृहत बाथरोग तथा सुगर परिक्षण शिविर सम्पन्न भएको छ ।

सो शिविरमा १२७ जना सेवाग्राहीलाई रगत मार्फत निःशुल्क युरिक एसिड, आर.ए. फ्याक्टर, सि.आर.पि., ई.एस.आर., ब्लड सुगर लगायतका जाँचहरु गर्नुका साथै उपस्थित सेवाग्राहीलाई बाथरोग सम्बन्धी जानकारीहरू सहितको सचेतना कार्यक्रम पनि सम्पन्न गरिएको छ ।

कार्यक्रममा देवदह नगरपालिका वडा नं. २ स्थित केरवानी स्वास्थ्य चौकीका प्रमुख एवं लियो क्लव अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष काशीराम रेग्मी, नेशनल बाथरोग सेन्टर बुटवल शाखाका व्यवस्थापक अभिनाश पल्लो मगर लगायतले बाथरोग सम्बन्धी सचेतना गराउने उद्देश्यले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले बाथरोग दिवसको अवसरमा सिक्टहन स्वास्थ्य चौकीमा वृहत कार्यक्रम लिएर आएकोमा सम्पूर्ण सहयोगी संस्थाहरुलाई धन्यवाद दिएका थिए । उनले शरीरमा विभिन्न अंगमा बाथरोग लाग्न सक्ने भएतापनि पहिचानमा आउन नसक्दा र रोग पत्ता लाग्न नसक्दा विभिन्न किसिमका समस्या झेल्न नागरिकहरु वाध्य भएको अवस्थामा केरवानी स्वास्थ्य चौकी र लियो क्लव अफ बुटवल मणिमुकुन्द युथले महत्वपूर्ण कार्यहरु गर्दै अगाडि बढिरहेकोमा अझ उत्कृष्ट कार्यहरु गर्न शुभकामना दिए ।

समुदाय स्तरमा विभिन्न किसिमका नसर्ने रोगहरु फैलिइरहेको अवस्थामा उच्च रक्तचाप, मधुमेह लगायतका जाँचहरुको सुविधा जताततै भइरहेको तर अत्यधिक समस्या भएर पनि समुदायस्तरमा स्क्रिनिङको रुपमा अभियानहरु सन्चालन हुन नसकेको एउटा अटो इम्युन डिजिज जुन नदेखिने तरिकाले समुदायमा फैलिइरहेको र जाँच पनि केही महंगो रहेको बाथरोगको पहिचान गरेर उपचारको दायरामा ल्याउन र बिरामीहरुलाई जटिलताबाट जोगाउन उक्त शिविर सञ्चालन गरिएको केरवानी स्वास्थ्य चौकी प्रमुख एवं लियो क्लव अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष काशीराम रेग्मीले जानकारी दिए ।

कार्यक्रमका अध्यक्ष एवम् सिक्टहन स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् देवदह नगरपालिका वडा नं १२ का वडाध्यक्ष डेग बहादुर सारुले छोटो तयारीका बाबजुद पनि निशुल्क बाथरोग तथा सुगर परीक्षण शिविर सम्पन्न गर्न सफल भएको जानकारी दिए ।

वडाध्यक्ष सारुले आफुहरुको प्राथमिकतामा पहिलो स्वास्थ्य रहेको हुँदा आगामी आर्थिक वर्षमा स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ बजेट बिनियोजन गर्ने र माथिल्ला निकायमा पनि समन्वय गर्ने जानकारी दिए ।

त्यस अवसरमा सिक्टहन स्वास्थ्य चौकी प्रमुख रेशम बहादुर सुनार, सोही स्वास्थ्य चौकीकी सिनियर अनमि देवि बिश्वकर्मा लगायतले पनि बोलेका थिए । कार्यक्रममा वडाका जनप्रतिनिधि, स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरु, स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, लियो क्लवका पदाधिकारीहरु, सेवाग्राही लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?