© २०२३
सल्यान, २५ असोज । गुडिरहेको यात्रुवाहक बसमाथी ढुंगा प्रहार गर्दै चालकलाई हातपात गर्ने नौ जनालाई सल्यान प्रहरीले नियन्त्रणमा लिएको छ । रुकुम बाट दाङ तर्फ जादै गरेको ना ३ ख ९७६४ नम्बरको बसमा बुधबार साझ सिद्ध कुमाख गाउँपालिका १ बेलौतीघारीमा ढुंगा प्रहार भएको थियो । बसमा ढुंगा हान्ने र चालक माथि हातपात गर्ने नौ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरीले शारदा नगरपालिका १४ का २३ बर्षिय प्रदिप रावत, सोही ठाउँका २२ बर्षिय शुसिल कवर, १८ बर्षिय गणेश कवर, २० बर्षिय सदिन्प भण्डारी, २२ बर्षिय दिपक कवर, दिपक रावत, २१ बर्षिय अजय कवर, २२ बर्षिय प्रविन भण्डारी, शारदा नगरपालिका ७ का २२ बर्षिय दिपक बस्नेतलाई नियन्त्रणमा लिएको हो ।
उनिहरुले समुहमा आएर चलिरहेको बसमा ढुंगा हान्नुका साथै चालक माथि हातपात समेत गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नविन कार्किले जानकारी दिए । ढुंगा प्रहारबाट बसको दुबै तर्फको सिसा फुटेको र चालकको मुखमा चोट लागेको उनको भनाई छ । प्रकाउ परेकाहरु माथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।