© २०२३
धनगढी, २४ असोज । धनगढीमा जारी नेकपा एमाले सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशनबाट काली बहादुर शाही सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षका उम्मेदवार बलदेव रेग्मी, हजारिसिंह साउँद र रण बहादुर महराले उम्मेदवारी फिर्ता लिए पछि रेग्मी सर्वसम्मत भएका हुन् ।
अध्यक्षमा मनोनयन दर्ता गराएका वचनबहादुर सिंह र कमलप्रसाद तिमिल्सिनाले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
नेताहरूका बिचमा अछामका कृष्णप्रसाद जैसीलाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति भए पनि अछामकै भरत साउदको उम्मेदवारी कायम छ । साउदसँग संवाद भइरहेको छ ।
सचिव पदका उम्मेदवार जीवन बम र उपसचिव पदका उम्मेदवार पल्लभराज भट्टले पनि उम्मेदवारी फिर्ता लिइसकेका छन् ।
अध्यक्षमा जैसी,सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिव कैलालीकै नेपालु चौधरी र कञ्चनपुरकी कलसा महरालाई बनाउने गरी नेताहरू छलफलमा छन् ।