ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट

दाङमा चाडपर्व लक्षित बजार अनुगमन शुरु

२३ आश्विन २०८०, मंगलवार
२३ आश्विन २०८०, मंगलवार

दाङ,२३ असोज । नजिकिदै गरेका दशैं, तिहार, छठलगायतका चाडमा उपभोक्ता ठगिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय दाङले बजार अनुगमन शुरु गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, स्थानीय निकायको उपभोक्ता हित संरक्षण शाखाका प्रतिनिधि, प्रहरी, पत्रकारलगायतको उपस्थितिमा सोमबारदेखि घोराही बजार अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा लेबल नभएका, उपभोग्य म्याद नाघेका खाद्यवस्तु फेला परेको अनुगमन टोलीकी संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिइन् । घोराही–१४ मा रहेको प्रतिभा ट्रेडर्स प्रालिबाट म्याद नाघेको आठ सय रुपैयाँ खुद्रा मूल्य रहेको ४२ प्याकेट हुलास चामल र एक हजार दुई सय रुपैयाँ खुद्रा मुल्य रहेको पाँच प्याकेट हुलास बासमती चामल जफत गरिएको छ । त्यस्तै गणपति इन्टर प्राइजेजमा रातो सिमी र भटमास लेबल नभएको फेला परेको प्रशासन कार्यालयले जानकारी दिएको छ । बञ्जाडे किराना पसलमा पनि म्याद गएको पेय पदार्थ र चिजबल फेला परेको छ । म्याद नाघेको खाद्यवस्तु प्रशासनले नियन्त्रणमा लिएको छ । जफत गरिएको अखाद्य वस्तु नष्ट गरिने प्रशासनले जनाएको छ ।
घोराहीमा रहेको बुटवल बेकरीमा पाउरोटीभित्र क्रिम राख्ने फलामको रड उपभोक्ताले खरिद गरेपछि फेला परेको उजुरीको आधारमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा रस पाउरोटी र केक खुलारुपमा राखेको फेला पारेपछि एक हजार एक सय ५० रुपैयाँ बराबरको पाउरोटी र केक जफत गरिएको छ ।
अनुगमन टोलीकी संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले नियमित अनुगमन भइरहने बताउँदै घोराही नगरपालिकाको समन्वयमा डम्पिङ साइटमा लगेर जफत गरेको सबै सामग्री नष्ट गरिने जानकारी दिइन् । चाडवाडका समयमा कालोबजारी गर्ने, बढी मूल्यमा बेच्ने, स्टक लुकाउने, म्याद नाघेको सामग्री बेच्ने, बिलबिना कारोबार गर्ने जस्ता क्रियाकलाप नगर्न पनि व्यवसायीलाई अनुरोध गरेकी छन् । उपभोक्ताले पनि म्याद राम्रोसँग हेरेर सामग्री खरिद गर्नुपर्ने र सामानको बिल लिनुपर्ने बताएकी छन् । सम्पूर्ण व्यवसायीले अनिवर्या विल दिन पनि अनुरोध गरेकी छन् । विल नदिने व्यावसायीलाई कारवाही हुने बताउँदै उनले बिल नपाएमा उजुरी गर्न समेत अनुरोध गरिन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरीक्षक राजेश चौधरीले मापदण्डभित्रै रहेर गोदाममा खाद्य बस्तु राख्नुपर्ने बताउँदै गोदाममा मुसा मार्न विषादीको प्रयोग गर्न नहुने बताए । लेवल लगाएर मात्र सामान बजारमा पठाउन उद्योग सञ्चालकलाई अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?